चट्याङबाट हरेब बर्ष ८२ जनाकाे मृत्यु हुने गरेकेा तथ्याङ्क सार्वजनिक

नेपालमा औसतमा वर्षेनी ८२ जना मानिसको चट्याङ लागेर मृत्यु हुनेगरेको सरकारी तथ्याङ्कले देखाएको छ । चैत वैशाखमा साँझपख विषेशगरि हावाहुरी चल्ने, बादल गर्जने, बिजुली चम्कदै चट्याङ पर्ने सम्भावना रहन्छ ।

तराईमा हावाहुरीको समस्या चैत्रदेखि असारसम्मै रहने भएपनि जोगिने उपायबारे नागरिक सचेत हुन सकेका छैनन् भने पहाडी जिल्लामा समेत हावाहुरी र चट्याङले जनधनमा क्षति पु¥याउने गरेको छ । तर पनि स्थानीय सरकारदेखि प्रदेश सरकारसम्म कसैले पनि नागरिकलाई यस्तो विपद्बाट जोगाउनेबारे योजना बनाएको पाईदैन । गत एक वर्ष हावाहुरीका ५५ वटा घटनामा ३ जनाको मृत्यु भएको थियो भने १ करोड बराबरको आर्थिक क्षति भएको थियो ।

यस्तै गत एक वर्षमा २ सय ९ वटा चट्याङका घटनामा ५५ जनाको मृत्यु भएको राष्ट्रिय विपद जोखिम न्युनीकरण तथा विपद् व्यवस्थापन प्राधिकरणको तथ्याङ्कले देखाएको छ । हावाहुरी र चट्याङको मौसम सुरु हुनै लाग्दा, प्राधिकरणले जोखिम न्युनीकरणका लागि पुर्वतयारी गर्ने तयारी गरिरहेको प्रवक्ता डाक्टर डिजन भट्राईले जानकारी दिनुभयो ।

हावाहुरी र चट्याङको समयमा विद्युतीय सामग्रीहरू प्रयोग गर्नुहुँदैन भने सकेसम्म घरबाट बाहिर निस्कनु हुँदैन । चट्याङ विज्ञ श्रीराम शर्माले चट्याङ परेको बेला, धारामा नुहाउने, लुगा धुने र भाँडा माझ्ने काम गर्न नहुने बताउनुभयो ।

त्यसैगरि अग्लो भवन, अग्ला रुख, बिजुलीका खम्बा र यस्तै जोखिमपूर्ण क्षेत्र वरीपरि पनि नबस्न उहाँको सुझाव छ । हावाहुरीको समयमा पनि सकेसम्म घर भित्रै बस्न विज्ञहरूको सुझाव छ । हावाहुरी र चट्याङबारेको पूर्व सूचनाले यसको जोखिम न्युनीकरण गर्न सकिने मौसम विज्ञहरू बताउँछन् ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.