तनहुँको डुम्रेमा रहेकाे एक सुनचाँदी पसलमा आगलागी क्षतिको विवरण आउन बाँकी

डुम्रेमा रहेकाे एक सुनचाँदी पसलमा हिँजो राती आगलागी भएको छ।

तनहुँ,बन्दिपुर गाउँ पालिका वडा नं.१ स्थित डुम्रे बजारमा रहेको रोहित विकले सन्चालन गर्दै आएको पोखरा सुनचाँदी पसलमा हिजो साझ ९:३० बजे एक्कासी आगलागी भएको हो। स्थानिय र प्रहरीको संयुक्त प्रयासमा करिब १०:०० बजेतिर आगलागी नियन्त्रणमा आएको थियो। छोटो समयमै आगलागी नियन्त्रणमा आएको हुँदा थप क्षति हुन नपाएको स्थानिए व्यापारी सुनिल श्रेष्ठले बताउनुभयो। आगलागी भएको खबर प्राप्त भए लगत्तै बन्दीपुर गाउँपालिकाको बारुणयन्त्र घटनास्थलमा पुगेको थियो। प्रहरीका अनुसार बिजुली सर्ट भएर आगलागी हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ।

उक्त आगलागीबाट पसलको पुरै भाग जलेको छ,भने क्षति के कति भयाे भन्ने बारे एकिन विवरण नआइसकेको र बिहान क्षतिको विवरण संकलन गरीएपछि मात्र यथार्त विवरण प्राप्त हुने बन्दीपुर गाउँपालिका वडा नं १ का वडा अध्यक्ष शिव कुमार श्रेष्ठले बताउनुभयो। थप क्षति हुन सक्ने सम्भावना रहेको हुँदा बन्दीपुर गाउँपालिकाको बारुणयन्त्र घटनास्थलमा नै तैयारी अबस्थामा राखिएको समेत वडा अध्यक्ष श्रेष्ठले बताउनुभयो।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.