गोरखा सिरानचोकका बोगटीले जिते रोटर्‍याक्टको सचिन स्मृति खुल्ला दौडको उपाधि

किरण श्रेष्ठ

तनहुँ । रोटर्‍याक्ट क्लव अफ दमौलीले आफ्नो संस्थापक सहसचिव स्व. सचिन कुमार श्रेष्ठको स्मृतिमा आइतबार आयोजना गरेको २०औ स्व.रो.सचिन स्मृति खुल्ला दौड प्रतियोगिताको उपाधि गोरखाको सिरानचोक गाउँपालिका-३ का दिनेश सिंह बोगटीले जितेका छन ।तनहुँको सदरमुकाम दमौली स्थित अनसनचोकदेखि छाब्दी बाराही मन्दिरसम्मको ९ किमि दूरी २९ मिनेट ३० सेकेण्डमा पार गर्दै बोगटीले उपाधि जितेका हुन् ।प्रतियोगितामा आँबुखैरेनी गाउँपालिका-१ सत्रसयका सनम गुरुङ द्वितीय, ललितपुर महानगरपालिका-४ का विकेश घिमिरे तृतीय भएका छन । त्यस्तै भानु-१२ बयापानिका अनिल मझकोटी सान्त्वना भए । उनीहरुले क्रमशः उक्त दूरी ३० मिनेट १० सेकेण्ड, ३० मिनेट ५२ सेकेण्ड र ३२ मिनेट २० सेकेण्डमा पार गरेका हुन् ।त्यस्तै महिलातर्फ ३८ मिनेट २० सेकेन्डमा उक्त दूरी पार गर्दै व्यास-५ पाटनकी सुस्मिता रानाभाट र ५९ मिनेट ५८ सेकेण्डमा उक्त दूरी पार गर्दै व्यास-१ खकौलीका १२ वर्षीय बाल धावक कृतिक घर्ति सान्त्वना भएको प्रतियोगिताका संयोजक उमेश पौडेलले जानकारी दिए । प्रतियोगितामा ८८ जना धावकको सहभागिता रहेको थियो ।प्रतियोगितामा प्रथमलाई रु १४ हजार, द्वितीय हुनेलाई रु १२ हजार र तृतीय हुनेलाई रु १० हजार पुरस्कार प्रदान गरिएको छ । त्यस्तै सान्तवना, महिला प्रथम र बाल धावकलाई जनही २ हजार सहित मेडल र प्रमाणपत्र प्रदान गरिएको रोटर्‍याक्ट क्लब अफ दमौलीका सचिव किरण श्रेष्ठले जानकारी दिए । विगतका वर्षभन्दा यस वर्ष पुरस्कार राशि वृद्धि गरिएको क्लबले जनाएको छ ।विगतका वर्षहरुमा प्रशासनचोकबाट शुरु भई घाँसीकुवा पुगेर पुनः प्रशाचनचोकमा आएर दौड प्रतियोगिता सकिने गरेपनि दुई वर्ष अघिदेखि दौडको रुट परिवर्तन गरिएको हो । छाब्दीवाराही मन्दिरको धार्मिक पर्यटन प्रबद्र्धनका लागि पनि दौडले सहयोग पुग्ने क्लवका अध्यक्ष विशाल श्रेष्ठले जानकारी दिए ।दमौलीको अनसन चौतारीबाट शुरु भएको दौड सफासडक, पृथ्वीराजमार्ग, गल्वुवेशी, भादगाउँ हुँदै छाब्दी बाराही मन्दिरमा पुगेर टुङ्गिएको थियो । यस पटकको प्रतियोगितामा विभागिय धावकलाई सहभागि नगराईएको अध्यक्ष श्रेष्ठले बताए ।भारतको कोलकातामा रोटर्याक्टको कार्यक्रममा सहभागी हुन जाने क्रममा सवारी दुर्घटनामा परी ज्यान गुमाएका क्लबका संस्थापक सहसचिव सचिन कुमार श्रेष्ठको स्मृतिमा क्लबले सन् २००३ देखि हरेक वर्ष दौड प्रतियोगिता आयोजना गर्दै आएको क्लबका अध्यक्ष श्रेष्ठले बताए ।कार्यक्रमको उद्घाटन व्यास नगरपालिकामा प्रमुख वैकुण्ठ न्यौपानेले गरेका थिए । सो अवसरमा बोल्दै न्यौपानेले खेलकुदले अनुशासन र स्वास्थ्यमा समेत सहयोग पुग्ने बताए । यस्तै कार्यक्रमको समापन समारोहको प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल रहेका थिए । सो अवसरमा प्रजिअ रिजालले परिवर्तन यहि उमेर समुहका युवाले सुरु गर्ने गरेको र गर्नुपर्ने बताए ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरिक्षक अवदेश विष्ट क्षेत्रि र रोटरी क्लब अफ दमौलीका अध्यक्ष रामलाल श्रेष्ठले युवाको क्षेत्रमा विशेष काम रोटर्‍याक्ट क्लबले गर्नुपर्ने बताए ।

Facebook Comments Box
Uncategorized
गोर्खा संसार

सौर्यको विमानमा मृत्यु भएकाहरूको सब परिवारलाई बुझाउन थालियो

काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरा उड्न लाग्दा दुर्घटनामा परी मृत्यु भएका १८ जना मध्ये १२ जनाको सब परिवारलाई हस्तान्तरण गरिसकिएको बताइएको छ। मृतक सबैको पोस्टमार्टम

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

ट्राफिक प्रहरी कार्यालय गोर्खाले उठायो ८५ लाख ७१ हजार जरिवाना

गोरखा जिल्ला ट्राफिक प्रहरी कार्यालयले आर्थिक वर्ष २०८०८१ मा जरिवानाबाट मात्रै ८५ लाख ७१ हजार उठाएको छ। प्रहरी कार्यालय गोर्खाले गरेको पत्रकार सम्मेलनमा सो कुराको

सबै पढनुहोस »
शिक्षा
गोर्खा संसार

गोरखा बहुप्राविधिक शिक्षालयमा भएको घटनामा दोषीलाई कारबाही गर्न माग

गोर्खाको पालुङटार नगरपालिका वडा नम्बर ४ मा रहेको गोरखा बहुप्राविधिक शिक्षालयमा भएको घटनाप्रति आपत्ति जनाउँदै दोषीलाई कारबाही गर्न माग गरिएको छ। गत श्रावण १० गते

सबै पढनुहोस »
स्थानीय
गोर्खा संसार

डुम्रे बजारमा गाउँपालिकाकाे अनुगमन, सडक मापदण्डमा कडाई गरिने

श्रावण ११, डुम्रेतनहुँकाे डुम्रे बजारमा बन्दिपुर गाउँपालिकाले अनुगमन गरेकाे छ । गाउँ पालिकाका अध्यक्ष सुरेन्द्र थापाकाे नेतृत्वमा भएकाे अनुगमनका क्रममा निर्माणाधिन सडककाे सडक मापदण्डकाे पालना

सबै पढनुहोस »
स्थानीय
गोर्खा संसार

व्यास नगरपालिकाका नगरप्रमुख प्रमुख न्यौपाने अन्तर्राष्ट्रिय स्तरको सेमिनारमा सहभागी हुन दक्षिण कोरिया जाने

शंकरराज नहर्की। तनहुँ १० साउन २०८१ बिहिबार । व्यास नगरपालिकाका नगर प्रमुख बैकुण्ठ न्यौपाने अन्तर्राष्ट्रिय स्तरको सेमिनारमा सहभागी हुन दक्षिण कोरिया जाने भएका छन्। जुलाई

सबै पढनुहोस »

१०० फिट माथि पुगेपछि जहाज नियन्त्रणमा भएन क्याप्टेन शाक्य

१० साउन, काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटनास्थलबाट उद्धार गरिएका क्याप्टेन मनिष शाक्यको उपचार भइरहेको छ । सिनामंगलस्थित केएमसी अस्पतालको न्यूरो आईसीयूमा उनको उपचार भइरहेको

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.