अखिल नेपाल प्रगतिशिल जनस्वास्थ्य संघ पालुङटार नगर समितिकाे प्रथम भेला बिजय तामाङकाे अध्यक्षतामा सम्पन्न भएकाे छ ।
भेलाले लक्ष्मण बाबु श्रेष्ठको काे अध्यक्षतामा ११ सदस्यीय समिति गठन गरेकाे छ । जसकाे उपाध्यक्षमा बिमला कंडेल काेषाध्यक्षमा बिन्दु राेका, सचिवमा हितकाजी श्रेष्ठ र सदस्यहरूमा प्रबिन श्रेष्ठ , उमेश ढकाल, प्रेम भण्डारी,प्रकाश गिरी, मनिषा परियार , सुनिलजंग ठकुरी, सबिना श्रेष्ठ, प्रबिण श्रेष्ठ, रमेश खडका रहेका छन् ।
ने क पा माअाेबादी केन्द्र पालुङटारका अध्यक्ष एवं पालुङटार नगरपालिकाका नगर प्रमुख बिबश चिन्तन अजयले प्रमुख अतिथिकाे रूपमा बाेल्दै निर्धक्कसंग स्वास्थ्य क्षेत्रमा अगाडी बढन निर्देशन दिनुभएको थियाे । ने क पा माअाेबादी केन्द्र पालुङटारका सचिव शंकरराज कंडेल, अखिल नेपाल जनस्वास्थ्य संघका केन्द्रीय उपाध्यक्ष बसन्त देवकाेटा, गैर सरकारी निजी स्वास्थ्य संघका दुर्याेधन अधिकारी, लगायतकाले शुभकामना मन्तब्य राखेका थिए ।
संघका गाेरखा जिल्ला पूर्व उपाध्यक्ष प्रेम भण्डारीले स्वागत मन्तब्य राखेका थिए ।
नवनिर्मित समितिकाे अाज बसेकाे पहिलाे बैठकले नगर प्रमुख बिबश चिन्तन अजय सहित ५ जनालाई सल्लाहकार चयन गरेकाे छ । अन्य सल्लाहाकारहरूमा वन्दना पाण्डे, बसन्त देवकाेटा, बिष्णु अाचार्य र दुर्याेधन अधिकारी रहेका छन् ।
त्यस्तै गरी ७ सदस्यीय स्वास्थ्य समन्वय समिति समेत गठन गरेकाे छ । जसकाे अध्यक्ष लक्ष्मणबाबु श्रेष्ठ, उपाध्यक्ष बिमला कंडेल, सचिव हितकाजी श्रेष्ठ, र सदस्यहरूमा प्रेम बहादुर भण्डारी, सुनिलजंग ठकुरी, दुर्याेधन अधिकारी र उमेश ढकाल रहेका छन् ।
अखिल नेपाल प्रगतिशिल जनस्वास्थ्य संघ पालुङटार नगर समितिकाे प्रथम भेला सम्पन्न, अध्यक्षमा लक्ष्मणबाबु श्रेष्ठ
Facebook Comments Box