नेपालमा थप ३३५ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि

नेपालमा थप ३३५ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

२ हजार ९९६ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट २१६ तथा एन्टिजेन विधिबाट ११९ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

यही अवधिमा थप ८६ जना सङ्क्रमणमुक्त पनि भएका छन् । योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या २ हजार ९७१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कसैको मृत्यु भनेको भएको छैन । उता, थप २ लाख ३६ हजार ७३८ जनाले कोरोनाविरुद्धको खोप पनि लगाएका छन् ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.