दमौलीः क्यान महासंघ तनहुँले व्यास १० स्थित उज्यालो घर बालगृहलाई कम्प्युटर सेट सहयोग गरेको छ ।
अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसर पारी संस्थाले बालबालिकाको अध्ययन र बालगृहको आवश्यक प्रयोजनका लागि भन्दै सहयोग गरेको कोषाध्यक्ष सुशिलकुमार श्रेष्ठले जानकारी दिए ।
कार्यक्रममा व्यास १० का वडाध्यक्ष तुलसीराम सापकोटा, क्यान गण्डकी प्रदेश अध्यक्ष तुलसीराम पाण्डे तथा क्यान जिल्ला अध्यक्ष टिकाराम पनेरुले बालगृहका अध्यक्ष दीपक न्यौपानेलाई सहयोग हस्तान्तरण गरे ।

सो अवसरमा व्यास १० का वडाध्यक्ष तुलसीराम सापकोटाले एक रोपनी सम्मको सार्वजनिक जग्गा उज्या लो घरका लागि आफ्नो कार्यकालमा उपलब्ध गराउने प्रतिवद्धता जनाए ।
सहयोग हस्तान्तरण गर्दै क्यानका गण्डकी प्रदेश अध्यक्ष तुलसीराम पाण्डेले बालगृहका बालबालिकाले आधुनिक प्रविधिको पठनपाठनबाट कोही पनि बञ्चित हुन नहुने भन्दै आगामी दिनहरुमा पनि सहयोगको प्रतिवद्धता जनाए ।
उनले आगामी दिनमा प्रिन्टर, मल्टिमिडियालगायतका आवश्यकता सहयोग गर्ने पनि उनले प्रतिवद्धता जनाए । कार्यक्रममा संस्थाका उपाध्यक्ष विश्वप्रकास भुषाल तथा कार्यक्रम संयोजक मिनबहादुर कुँवरलगायतले पनि बोलेको महासंघले जनाएको छ ।
दमौली न्युज बाट