गोरखामा छ सय सात जना सक्रिय संक्रमित

गोरखा । गोरखामा छ सय सात जना सक्रिय संक्रमित रहेका छन् । संक्रमणको संख्या भिमसेन थापा गाउँपालिकामा एक सय ४४, गोरखा नगरपालिकामा एक सय १३, आरुघाट गाउँपालिकामा एक सय १३ रहेको छन् । अन्य पालिकामा एक सय भन्दा कम संक्रमित छन् ।

यस्तै दुई सय ४४ जनाको रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालयले गोरखाले जनाएको छ । कोभिड अस्पतालमा ११ जना र आइशोलेसनमा पाँच जनाले उपचार गराईरहेका छन् । पाँच हजार पाँच सय ३६ जनाले कोरोना जितेका छन् ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.