अाधा सम्पत्ति सरकारलाई दिने मन्त्री श्रेष्ठको घाेषणा

२९ साउन, काठमाडौं । नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले आफ्नो सम्पत्तिको आधा हिस्सा राज्यलाई दान दिने घोषणा गरेका छन् । व्यवासायिक पृष्ठभूमिबाट आएका राज्यमन्त्री श्रेष्ठले आफ्नो फाउण्डेशन वा ट्रष्टका माध्यमबाट आफ्नो आधा सम्पत्ति राज्यलाई दान गर्ने बताएका हुन् ।

इमेज च्यानलको कार्यक्रम हट सिटमा जगदिश खरेलसँगको कुराकानीमा राज्यमन्त्री श्रेष्ठले भने, ‘सबै लिएर जाने पनि केहि होइन्, जीवनमा छोडेर जानुपर्छ भने दिएर जाने हो । म कमिटमेण्ट अहिले नै सार्वजनिक रूपमा के गर्न चाहन्छु भने मेरो आउने सम्पत्तिमा जे छ ५० प्रतिशत फाउण्डेशनमार्फत् राज्यलाई दिन्छु ।’

उनले आफ्ना सबै लगानीका क्षेत्र उत्पादनमूलक क्षेत्रमा भएकाले राज्यलाई योगदान नै गरेको बताए । आफू अहिले व्यवसायिक सबै जिम्मेवारीबाट मुक्त भई राज्यलाई दिनका लागि राज्यमन्त्री भएको समेत बताएका छन् । केहि समय अगाडि उनले राज्यमन्त्रीका हैसिहतले सुरक्षा बाहेक कुनै पनि सेवा सुविधा नलिने घोषणा गरेका थिए ।

भोजपुर जस्तो दुर्गम जिल्लामा जन्मिएका अविवाहित राज्यमन्त्री श्रेष्ठले ५० वर्ष संघर्ष गरी कमाएको आधा सम्पत्ति राज्यलाई दान गर्ने घोषणा गरेका हुन् । उनले आफूलाई यस किसिमको भावना कोरोना संक्रमण भएपछि आएको समेत बताए ।


 

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.