गोरखा । कोरोना संक्रमित गोरखाकी एक महिलाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा उपचारका क्रममा मृत्यु भएको छ ।
पालुङटार नगरपालिका वडा नं ७ की ५८ बर्षकी संक्रमित महिलाको मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा उपचारका क्रममा उहाँको मृत्यु भएको निर्देशनालयको विज्ञप्तीमा उल्लेख छ ।
महिलामा असार २८ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।