गोरखा २२, बैशाख।
गोरखामा आज एक पुरुषको शव फेला परेको छ । जिल्लाको गण्डकी गाउँपालिका–४ मरौटेमा अन्दाजी १७ बर्षका एक पुरुषको शव भेटिएको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
शव भेटिएको स्थानमा प्रहरी पुगेर अनुसन्धान सुरु गरिएको भएपनि मृतकको पहिचान हुन सकेको छैन । आज बिहान करिब १० : ३० बजेको समयमा युवकको शव फेला परेको हो । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।