गोरखामा मंगलबार मात्र १४ जनामा संक्रमण पुष्टी

गोरखा २१, बैशाख ।
गोरखाको पालुङटार नगरपालिकामा आज (मंगलबार) नै ३ जना कोरोना संक्रमित थपिएका छन् । नगरपालिकाको वडा नम्बर ३ का १८ र ४८ बर्षका दुई पुरुष तथा ३६ बर्षकी एक महिलामा संक्रमण पुष्टी भएको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।

यस अघि आज नै पालुङटार नगरपालिका र सिराचोक गाउँपालिकामा गरि ११ जनामा कोरोना संक्रमणको पुष्टी भएको थियो ।। यो संगै गोरखामा मंगलबार मात्र १४ जनामा संक्रमण पुष्टी भएको हो ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.