हुम्ला ग्रीनजोन रहेनः एकै दिन ८ जनामा कोरोना संक्रमण पुष्टि; जिल्लाभर लकडाउन

ग्रीनजोनका रुपमा रहेको हुम्ला जिल्ला अन्तत उच्च जोखिमयुक्त जिल्लाका रुपमा स्थाीपत भएको छ । कोरोनाको हटस्पट बाँकेको नेपालगञ्ज र सुर्खेतबाट हवाई मार्ग भएर आएका यात्रुहरुको परिक्षण गर्दा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोनाको हटस्पटका रुपमा रहेको बाँके र सुर्खेतबाट हवाई मार्ग भएर हुम्ला आएका यात्रुहरुको एण्टीजेन परिक्षण गर्दा परिक्षण गरेका मध्ये २० प्रतिशतमा संक्रमण पुष्टि भएको जनस्वास्थ्य कार्यालय हुम्लाका प्रमुख प्रेमबहादुर सिंहले जानकारी दिए । आज (सोमबार) बिहान नेपालगञ्ज र सुर्खेतबाट आएका आएका ४० जना यात्रुहरुमध्ये ८ जनामा संक्रमण पुष्टि भएको हो ।

बिहान निजि विमान सिता र तारा एयरबाट आएका ४० जना यात्रुहरुमा गरिएको एण्टीजेन परिक्षणले विभिन्न गाउँका नागरिकलाई संक्रमण पुष्टि भएको स्वास्थ्य सेवा कार्यालय हुम्लाले जनाएको छ । कार्यालयका अनुसार संक्रमण पुष्टि हुनेमा सिमकोट–२ का २३ वर्षिय पुरुष, खार्पुनाथ–४ का १७ वर्षिय पुरुष, सर्केगाड–४ का २० वर्षिय पुरुष, खार्पुनाथ–३ का २० वर्षिय पुरुषमा संक्रमण पुष्टि भएको हो । यसैगरी बिहान सिमकमोट विमानस्थलमा ओर्लेका खार्पुनाथ–३ का १८ वर्षिय पुरुष, सिमकोट–१ की २० वर्षिय महिला, सिसमकोट–८ का १६ वर्षिय पुरुष, खार्पुनाथ–२ का ३४ वर्षिय पुरुष कोरोना पोजेटिभ देखिएको जिल्ला अस्पतालका सूचना अधिकारी भक्ति फडेराले जानकारी दिनुभयो । उहाँका अनुसार ८ जनामध्ये ४ जना खार्पुनाथका मात्रै संक्रमित भएका छन् ।

कोरोना संक्रमणको हटस्पटका रुपमा रहेको बाँके र सुर्खेतबाट जिल्ला आएकाहरुको नमुना परिक्षण गर्दा ८ जनामा संक्रमण पुष्टि भएको हो’ फडेराले भन्नुभयो, ‘४० जनामा ८ जनाको संक्रमण पुष्टि हुने भनेको हुम्लापनि कोरोना संक्रमणको उच्च जोखिममा रहेको मानिन्छ ।’ विश्वमै उच्च संक्रमण दर भएको नेपालमा ४० प्रतिशत परिक्षणको ४० प्रतिशत संक्रमण दर भएका वेला हुम्लामा पहिलो दिनमै २० प्रतिशत संक्रमण दर देखिएको छ । आज बिहान निजि विमान सिता र तारा एयरबाट आएका ४० जना यात्रुहरुमा गरिएको एण्टीजेन परिक्षणले विभिन्न गाउँका नागरिकलाई संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि भएका सबैजना संक्रमितलाई रानीवन स्थित क्वारेष्टिनमा बसाउने व्यवस्था गर्न लागिएको उल्लेख गरेका जनस्वास्थ्य अधिकृत सिंहले अन्यकन्ट्रयाक ट्रेसिङमा रहेकालाई पनि निगरानीकालागि पहल भैरहेको जानकारी दिए । गएको १४ गतेपछि सुर्खेत र नेपालगञ्जबाट हर्वाइ मार्ग हुदैं तीन सयको हाराहारीमा यात्रु जिल्ला भित्रिएको भएपनि उनिहरुको परिक्षण नभएकाले हुम्लापनि कोरोना संक्रमणको उच्च जोखिममा रहेको बताइएको छ ।

बढ्दो कोरोना भाइरसको संक्रमणलाई तत्काल फैलन नदिनका लागि जिल्ला स्तरिय कोभिड व्यवस्थापन केन्द्रले तत्काल हुम्ला जिल्लाभर लकडाउन गर्ने निर्णय गरेको छ । केन्द्रका संयोजक तथा प्रमुख जिल्ला अधिकारी गणेश आचार्यको अध्यक्षतामा बसेको बैठकले जिल्ला बाहिरबाट आएका यात्रुहरुका कारण बाँकेको नेपालगञ्ज, सुर्खेतबाट जिल्ला प्रवेश गरेका यात्रुहरुमार्फत संक्रमणको अवस्था भयावह हुने भएपछि परिस्थिती हेरेर जिल्लालाई लकडाउन गर्ने निर्णय गरेको छ । जिल्लाका स्थानीय तहका प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि र अन्य सरोकारवाला निकायको प्रतिनिधित्वमा बसेको बैठकले कोरोना संक्रमणबाट मृत्यु भएका लास जलाउन हरेक गाउँपालिकामा सदगत स्थलको छनोट गर्न सम्बन्धित गाउँपालिकालाई दुई दिनको समय दिने निर्णय गरेको छ । बैठकमा भएका निर्णयका बारेमा जानकारी दिदैं सहायक प्रमुख गणेश आचार्यले बताउनुभएको छ ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.