क्यामुन्टार क्षेत्रमा निषेधाज्ञा जारी

गोरखा १८, बैशाख ।
जिल्ला प्रसासन कार्यालय गोरखाले बोर्लाङको क्यामुन्टार क्षेत्रमा कोरोना संक्रमणको महामारी फैलिएपछि त्यस क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । शनिबार बसेको जिल्ला स्तरी कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकको निर्णय अनुसार वडा नम्बर ७ र ८ क्षेत्रमा बैशाख २४ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको निमित्त प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले बताउनुभयो ।

संक्रमण बढ्दै जादा जनस्वास्थ्यमा गम्भीर असर पर्न सक्ने अबस्थालाई मध्यनजर गरि डिसिसिएमसीको बैठकले गरेको सिफारिसका आधारमा संक्रामक रोग ऐन २०२० को दफा २ र स्थानीय प्रसासन ऐन २०२८ को दफा ६ को उपदफा ३ ले दिएको अधिकारी प्रयोग गरि निषेधाज्ञा जारी गरिएको प्रसासनले जनाएको छ । निधेषाज्ञा अबधीभर सार्वजनिक यातायात, निजी सवारी साधन सञ्चालन गर्न नपाइएको निमित्त प्रमुख जिल्ला अधिकारी भण्डारीले बताउनुभयो ।

त्यस्तै दुुवै वडा भित्र रहेका सरकारी कार्यालय, बित्तिय संस्थाको अत्याबश्यक बाहेका सवै सेवा बन्द गर्ने गर्न पनि निर्देशन दिइएको छ । निषेधाज्ञा अबधीभर स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण रुपमा कार्यान्वयन गर्ने गरि खाद्यान्य, फलफुल, तरकारी पसलहरु बिहान ७ बजेदेखि ९ बजेसम्म र बेलुकी ४ बजेदेखि ६ बजेसम्म मात्र सञ्चालन गर्न पाइनेछ । निषेधाज्ञाको उल्लंघन जो कोहीलाई कानुन बमोजिम कारवाही गरिने निमित्त प्रमुख जिल्ला अधिकारी भण्डारीले बताउनुभयो . ns

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.