पालुङ्टार ८ का एक कर्मचारीमा काेराेना पुष्टी, वडा नं. ७मा पनि एक महिलामा संक्रमण

गाेरखा संसार

असाेज २४,गाेरखा ।

गाेरखाकाे पालुङ्टार नगरपालिका वडा नं. ८ का एक कर्मचारीमा काेराेना संक्रमण पुष्टी भएकाे छ ।

त्यस्तै गरी साेहि नगरपालिकाकाे वडा नं. ७ मा पनि एक महिलामा संक्रमण पुष्टी भएकाे छ ।

वडा नं. ८का एक कर्मचारीकाे अाफन्तमा काेराना पुष्टि भएपछी वडा कार्यालका जनप्रतिनिधी तथा कर्मचारीहरूकाे कन्ट्याक्ट ट्रेसिङका क्रममा वडामा काम गर्ने  एक कर्मचारीमा संक्रमण पुष्टी भएकाे वडा अध्यक्ष शंकरराज कंडेलले बताउनुभयाे ।

त्यस्तै साेही नगरपालिकाकाे वडा नं. ७ की एक महिला पेटकाे समस्या भएपछि उपचारकाे लागि पाेखरा पुगेकी थिइन । उपचारकाे क्रममा काेराेना परीक्षण गर्दा पाेजेटिभ देखिएकाे  च्याङली स्वास्थ्य चाैकीका इन्चार्ज भरतराज पाण्डेले बताउनुभयाे । महिलामा संक्रमण देखिएपछि कन्ट्याक्ट ट्रेसिङकाे काम अघि बढाउने इन्चार्ज पाण्डेले बताउनुभयाे ।

समुदायमा संक्रमण देखिएपछि वडाभित्र रहेका कार्यालहरू सञ्चालन राेक्ने वा नराेक्ने बारे भने अहिलेसम्म कुनै पनि निर्णय भएकाे छैन ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.