गोरखा : गोरखाबाट गिता कुवँर बचाउ अभियान सुरु भएसंगै सहयोगी हातहरु बढदै गइरहेका छन् । गोरखाको पालुङ्गटार नगरपालिकामा कार्यरत कर्मचारी नबिन खत्रीको पहलमा संकलित (रु ४४, ६६५ । -) अक्षरुपी चौवालिस हजार छ सय पैसठी रुपैयाँ आर्थिक रकम हस्तान्तरण गरिएको छ ।
घरको अवस्था नाजुक भएकोले आर्थिक सहयोगको अपिल गर्दै सहयोग गर्नेको लागि मोबाइल न सम्पर्क नं 9806719286 मा सम्पर्क गरी आर्थिक सहयोग गर्न सक्नु हुनेछ ।
पालुङटार नगरपालिका वडा नं ७ निवासी २४ बर्षिया गिता कुवँरको दुबै मिर्गौलामा समस्य उत्पन्न भएपछी शहिद धर्मभक्त राष्ट्रिय प्रत्याराेपण केन्द्र भक्तपुरमा उपचारत हुनुहुन्छ ।
पारिवारिक आर्थिक अवस्था कम्जोर भएको हुनाले छोरीको उपचारको लागि सहयोग जुटाउन सम्पूर्ण सहयोगी मनहरूलाई उहाँकी आमाले आग्रह गर्नु भएको छ ।
गिता कुवँरको परिवारसहित सम्पूर्ण समाजसेवीहरू हाल सहयोगका लागि जुटेका छन् । समाचार प्रकाशित भएपछि सहयोगी हातहरु बढ्न थालेको नबिन खत्रीले जानकारी दिनुभयो ।
विश्वब्यापी महामारीको रुपमा फैलदै गएको कोरोना भाइरसको कारणले आफ्नो खाना खर्च बचाएर सहयोग गर्नु भएका सहयोगी मनप्रति आफ्नो सामाजिक संजाल फेसबुक मार्फत गिता कुवँरले धन्यबाद ब्यक्त गर्नु भयो । सिम्पानि.कमबाट