चितवन, असोज ५–
चितवनमा आज (सोमबार) मोटरसाइकल दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ ।
इच्छाकामना गाउँपालिका–६ स्थित पाँच किलो भन्ने स्थानमा नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको ग ५ प ५०६४ नम्बरको मोटरसाइकल ११ः२० बजेको समयमा आफै अनियन्त्रित भइ दुर्घटना भएको थियो ।
दुर्घटनामा मोटरसाइकल चालक गोरखा शहिदलखन गाउँपालिका–५ का १८ वर्षीय युवक करण आले मगर र पछाडी सवार सोही स्थानका ४५ वर्षीय सुनबहादुर थापा मगर गम्भिर घाइते भएका थिए ।
ती मध्ये पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा सुनबहादुर मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिनुभयो । घाइते मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।