पालुङ्टार नगरपालिकाको सवै स्वास्थ्य संस्थामा डाक्टर

गोरखा संसार
२२ भाद्र, गोरखा ।
गोरखाको पालुङ्टार नगरपालिकाले नगरक्षेत्रभित्र रहेका सवै स्वास्थ्य संस्थाहरुमा डाक्टर सेवा उपलब्ध गराउन लागेको छ ।
नेपाल बिकास समाज र नगरपालिकाको सहकार्यमा हरेक स्वास्थ्य संस्थामा महिनामा कम्तीमा १ दिन एम.वि.वि.एस डाक्टरद्धारा सेवा प्रदान गर्न लागिएको नगरपालिकाकी उप प्रमुख पम्फा बसेलले बताउनुभयो । उहाँका अनुसार नगरपालिकाका सवै स्वास्थ्य संस्थाहरुमा अबदेखि डाक्टर पुगेर सेवा प्रबाह गरिनेछ ।
गोरखाको पालुङ्टार नगरपालिका र कास्कीको रुपा गाउँपालिकामा नेपाल बिकास समाजले सहकार्य गरी डाक्टर उपलब्ध गराएको बताइएको छ ।
यसरी प्रवाह गरिने सेवामा डाक्टरको लागि प्रदान गरिने तलब भत्ता संस्थाले उपलब्ध गराउने र औषधी लगायत अन्य व्यवस्थापन भने पालिकाले गर्ने सम्झौता भएको बताइएको छ ।
स्वास्थ्य सेवा प्रवाहका लागि संस्थाबाट पालुङ्टार नगरपालिकामा डा. नबीन सापकोटा आउनुभएको छ ।
कार्यक्रमको अबधि १ बर्षको भएको डा. सापकोटाले बताउनुभएको छ ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.