Warning: Trying to access array offset on value of type bool in /home/u405528662/domains/gorkhasansar.com/public_html/wp-content/plugins/seo-by-rank-math/includes/modules/version-control/class-beta-optin.php on line 106

Warning: Trying to access array offset on value of type bool in /home/u405528662/domains/gorkhasansar.com/public_html/wp-content/plugins/seo-by-rank-math/includes/modules/version-control/class-beta-optin.php on line 145
दुवै मृगाैला पिडित गिता कमरकाे उपचारका लागि सहयाेग गर्न अनुराेध गर्दै लेखिएकाे एक परदेशीकाे पत्र

दुवै मृगाैला पिडित गिता कमरकाे उपचारका लागि सहयाेग गर्न अनुराेध गर्दै लेखिएकाे एक परदेशीकाे पत्र

मिति ः २०७७ भाद्र १५ गते

                                               दुवइ

 

सरकारी निकायका बिभिन्न तह तथा सहयाेगी मनहरू तथा मिडियाकर्मीहरू , 

सामाजिक उत्तरदायित्वमा भावनात्मक सन्देश प्रवाहका लागि गोरखा संसार मिडिया लगायत बिभिन्न मिडियाहरूकाे पनि सकारात्मक भूमिकाकाे अाशा गर्दछु ।

कोभिड १९ का कारण सारा मानव जगत समस्यामा परेको यस घडीमा गोरखा जिल्ला पालुङ्टार नगरपालिका वडा नं. ७ (साविक च्याङ्ली गा.वि.स वडा नं. ६) निवासी गाउँकै सिधा र सन्त परिवारका जन्मेका दुई छोरीमध्ये जेठी छोरी गिता कमरको दुवै मृगौलामा समस्या आई उपचाररत रहेको र बाबु राजेन्द्र बैदेशिक रोजगारीको क्रममा भारतमा रहनुभएको अवस्थामा निकै नै कठिन भएको पक्कै छ । यसमाथि पनि आर्थिक समस्याका कारण बाबु राजेन्द्रले मलाई सम्पर्क गर्नुभयो अनि भन्नुभयो — जे पर्यो हामीलाई नै पर्यो,अरुलाई दुुख नदिउँ भनेको यो रोगको उपचारको लागि धेरै रकमम आवश्यक पर्ने भएको र सरकारको तर्फबाट थोरै भएपनि यथेष्ट नहुने, आफूसँग भएको रकमले पनि नपुग्ने भएपछि बिचल्लीमा छौं, तपाईंले फोन गर्नुभयो मलाई यही नै ठूलो भयो ।
त्यसपछिको थप कुराकानीमा सहयोगको लागि अभियान चलाउने अनुमति मागें राजेन्द्रसंग । उता बहिनी सुमित्राले पनि पोर्चुगलबाट सहयोगको लागि अपील गर्नुभएको रहेछ उहाँप्रति आभार प्रकट गर्न चाहन्छु । त्यस्तै गरी थप सहयोगको लागि सबैसँग अनुरोध गर्दछु ।
छोरीको लागि मृगौैला दिन तयार भएका ती महान बाबुप्रति पनि मेरो उच्च सम्मान छ, सन्तानप्रतिको कस्तो माया ?
सान्तवना दिँदै हामी सकेको सहयोग गर्छौ, सँयमित रहनुहोला भनेँ ।
उता सुमित्रा बहिनीको मेसेज आयो मलाई दाइ पहिलो गाँसमै ढुंगा लाग्यो, बहिनीको लागि रकम उठाउन थालेपछि शंकाको दृष्टिले कुरा गर्न थालेछन मानिसहरुले म के गरम ? मनमा ती व्यक्तिहरु प्रति दया लागेर आयो जसले सानो तिनो काममा पनि २, ४ पैसा खल्तीमा हाल्ने बानी परेकाहरु ।
त्यसपछि मैले बहिनीलाई राम्रो काममा पछि नहटन अनुरोेध गर्दै अघि बढन भनें ।
हामीलाई नाम चाहिएको भन्दा पनि काम र बहिनीको जीवन बचाउनु छ, नाम जसको दिनुपर्छ दिउँला जुन पहिले पनि दिएकै हौं, हामी गलत सोच र प्रभावमा नपरीकन सही ढंगले काम गरौं बाँकी भविष्यले देखाउँछ । मैले यति भनेपछि बहिनी सुमित्रा पनि कन्भिन्स भइन ।
सहयोगको लागि पैसा उठाउने कुरो सजिलो पनि त छैन । त्यसमा पनि बिदेशमा अहिलेको बिश्व महामारीको समयमा पैसा लैजाउ भनेर सजिलै सहज रुपमा कसैले दिँदैन । अहिलेको परिबेशमा बिदेशमा रहेर सबैथोक म्यानेजमन्ट गर्न पनि त सजिलो छैन मानिसलाई ।
सके सहयोग गरौं नसके बिरोध नगरौं भन्ने मेरो मान्यता हो । समस्या सबैलाई पर्दछ, अहिले गिता बहिनीलाइ परेको समस्या भोलि हामीलाई पनि पर्न सक्दछ, हामीले पनि सहयोग माग्नुपर्ने दिन आउन नसक्ला भन्न सकिन्न, दैवको लिला कसलाई के थाहा ? कहिले कसलाई के पर्दछ ?
सबैले आफ्नो ठाउँबाट सहयोग गरौं । अझ बढी बिभिन्न तहमा रहेका सरकारहरुले ध्यान पुर्याउन र सहयोग गरुन, पहुँचमा हुनेले आफन्तहरुको काम पट्याउन पहुँचको दुरुपयोग गर्नेहरुले पनि यतिबेला सहयोगको लागि पहुँचको सदुपयोग गरुन ।
वडा कार्यालय, नगरपालिका कार्यालय, प्रदेश सरकार तथा स्थानीय सरकार यतिबेला यति धेरै सरकारहरु बनेका छन तर यस्तो कठीन परिवेशमा कसले हेर्ने त अनि कहिलेसम्म पहुँच र पैसा नहुने गिता जस्ता बहिनीहरुले उपचारको पर्खाइमा तडपिरहने त ?
फेरी पनि अन्त्यमा सम्पूर्ण सरकारका प्रतिनिधीहरुले समयमा ध्यान पुर्याएर गिताको उपचारमा सही सहयोग प्रदान गर्न अनुरोध गर्दछु ।
साथै म आफूपनि बिदेश भूमिमा रहेर बहिनीको उपचारको लागि सकेको सहयोग गर्ने प्रयासमा लागिरहनेछु ।
अन्तमा सहयोगको अपिल तथा बहिनी गिताको शिघ्र स्वास्थ्य लाभको कामना सहित ।

परदेश बाट देश र जनताको सधैं भलो चिताउने

रेशम बस्ताकोटी
हाल दुवइ

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.