गाेरखामा १९ जना सक्रिय कोरोना संक्रमित आइसोलेसनमा उपचारत

गोरखा, १८ भाद्र
गोरखामा हालसम्म १ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य कार्यालय गोरखाका अनुसार जिल्लाभर हालसम्म ११६ जना पुरुष र २० जना महिलामा कोरोना संक्रमण पुष्टि भएको हो।
अहिले सम्म १ हजार १ सय ८४ जना महिला, ३ हजार ८ सय ३१ पुरुष र १ जना अन्य व्यक्ति गरि ५ हजार १६ जनाको स्वावको नमूना संकलन गरेर पिसिआर परिक्षण्को लागि पठाइएको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ। संकलीत नमुना मध्य चार हजार चार सय ६० जनाको रिपोर्ट आइसकेको छ भने पाँच सय ५६ जनाको पिसिआर रिपोर्ट आउन बाँकी रहेको छ।

जिल्ला भित्र र बाहिर गरी गोरखाका तीन जनाको ज्यान गएको छ भने अन्य जिल्लामा गरिएको परीक्षणमा गोरखाका ११ जना संक्रमित भेटिएका स्वास्थ्य कार्यालयले जनाएको छ।
संक्रमित मध्ये १७ जना महिला र १०३ जना पुरुष निको भएर घर फर्किसकेका छन्।
हाल जिल्ला भित्र ५ जना महिला र १४ जना पुरुष गरि १९ जना सक्रिय कोरोना संक्रमित आइसोलेसनमा उपचारत रहेका छन्।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.