गोरखा नगरपालिका १० का ५५ वर्षिय स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएसँगै नजिक रहेका दुईवटा वडा सिल गरिएको हो ।
ति स्वास्थ्यकर्मीको सम्पर्कमा चेकजाँच गराउन, औषधी लिन पालुङटार १ र ९ का मानिस गएको हुन सक्ने भएकाले कन्ट्याक्ट ट्रेसिङका लागि सिल गरिएको हो ।
वडाबासीलाई हिँडडुल नगर्न आग्रह गरिएको र प्रहरी समेत परिचालन भएको नगरप्रमुख दिपकबाबु कंडेलले बताउनुभएकाे छ ।
नगरपालिकाले जारी गरेकाे सूचना ः