वडा सिल हुदा स्थानीय बजारमा कालोबजारी

अामोस लामा “ईन्द्र”
गाेरखा, भाद्र १७
बिश्वब्यापी महामारीको रुपमा फैलिएको कोभिड १९ कोरोना भाइरसको जोखिम बढेपछि हिजोदेखि अनिश्चितकाल सम्मको लागि पालुङटार नगरपालिका वडा १ र ९लाई सिल गरेको छ। गोर्खा नगरपालिका १० छेपेटारका स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ पुष्टि भएपछि पालुङटार १ र ९ सिल गरेको हो। पालुङटार १,९,१०का मानिसहरुको मुख्य स्थानीय बजार भनेको छेपेटार हो। यहाँको डाक्टरलाई समेत कोरोना पुष्टि भएपछि स्थानीयबासि चिन्तित रहेको छ।
पालुङटार ९ मा भएको किसानलाई चाहिने मल र बिउ समेत पालुङ नगरपालिका ९मा भएका शहकारिले उपलब्ध गराउन नसकेपछि किनासहरु हिडेरै मल किन्न गोर्खा नगरपालिका स्थित छेपेटार, एघारकिलो र दशकिलो जानुपर्ने बाध्यता छ ।दैनिकी करिब ३०,४०जना नगरपालिका बाहिरका किसानहरु मल लिन अाएको बताउनुभयो । लकडाउनको बेला यसरी हुल बाधेर हिडेपछि झन कोरोना संक्रमण हुने सम्भावना बढि भएको हो।
नगरपालिकामा वडा सिल मात्र गर्ने कि कोरोना संक्रमित ब्यक्तिसँग सम्पर्कमा अाएमा मानिसको पहिचान गरि तुरुन्तै सिअारसि परिक्षण गर्ने भन्ने कुरा अबको मुख्य कुरा रहेको छ। छेपेटार बजारमा दैनिक अावातजवात गर्ने पालुङटारका सातोबाटो,हत्तिगौडा,कोषगाडे घडेरि खोला लगायतका स्थानीयहरुको कोरोना परिक्षण गर्न स्थानीय सरकारसँग माग गरेका छन्।
कोरोनाको महामारीको बेला पालुङटार नगरभित्र रहेका किराना पसलमा कालोबजारीको बिगबिगि भएको स्थानीय बासिले बताउनुभयो । स्थानीय सरकारले बजारमा भएको किराना तथा खुद्रा बिक्री केन्द्र, कृषि शहकारिमा भएको गतिविधिलाई तुरुन्तै छानबिन गरि कानुनी उपचार गरि उपभोक्तालाई सहजरूपमा दैनिक उपभोग्य बस्तु उपलब्ध गराउनु पर्ने स्थानीय जनताको माग रहेको छ।
Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.