सफ्टवेयरले काम नगर्दा स्वास्थ्यकर्मीलाई दिने भनिएको प्रोत्साहन रकम पाएनन

गोरखा संसार
२९ साउन, गोरखा ।
गोरखाको पालुङ्टार नगरपालिकाले स्वास्थ्यकर्मीहरुलाई दिने भनिएको प्रोत्साहन रकम सफ्टवयरमा इन्ट्री गर्न समस्या भएका कारण दिन नमिलेको बताइएको छ ।
कोरोना भाइरसका कारण बिश्वमा महामारी फैलिएका कारण स्वास्थ्यकर्मीहरुले फ्रन्टलाइनमा रहेर काम गरिरहेको बताउँदै उनीहरुको मनोबल उच्च राख्नको लागि एक महिना बराबरको तलब सुबिधा थप दिने निर्णय गरेको नगरप्रमुख दिपकबाबु कंडेलले जानकारी गराउनुभएको थियो ।
समाचार बाहिरिए संगै खुशीले हौसिएका स्वास्थ्यकर्मीहरु अहिलेसम्म पनि प्रोत्साहन रकम नपाएपछि निराश भएको बताएका छन् ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तेजराज शर्मासँग कुरा गर्दा अन्तिम समयसम्म पहल गर्दा पनि सफ्टवयरमा इन्ट्री गर्न नमिलेकाले दिन नमिलेको बताउनुभयो । आर्थिक बर्षको मसान्तको समयमा आएर सफ्टवयरमा इन्ट्री गर्न नमिल्दा स्वास्थ्यकर्मीहरुलाई दिनुपर्ने प्रोत्साहन रकम तथा योजना अनुगमनका कार्यहरुको रकम समेत भुक्तानी गर्न नपाएको शर्माले बताउनुभयो ।
साथै स्वास्थ्यकर्मीहरुका लागि दिने भनिएको प्रोत्साहन रकम आगामी बर्ष दिइने पनि अधिकृत शर्माले बताउनुभयो ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.