एनए मिडियाका म्यानेजिङ डाइरेक्टर श्रेष्ठकाे साउदीमा मृत्यु

१३ साउन, साउदी अरब

स्याङ्जाका एक युवकको साउदी अरबमा ज्यान गएको छ । साउदी अरबको दमाम सेन्ट्रल अस्पतालमा ३५ दिनदेखि कोरोनाको उपचार गराइरहेका गल्याङ नगरपालिका ८ का रोशन श्रेष्ठको ज्यान गएको एनए मिडियाका जनसम्पर्क निर्देशक बालकृष्ण पङ्गेनीले जानकारी दिनुभयो l

श्रेष्ठ नेपालमा लकडाउन हुनुभन्दा एक दिनअघि साउदी पुग्नुभएको थियो । एनए मिडियाका म्यानेजिङ डाइरेक्टरसमेत रहेका श्रेष्ठ स्याङ्जा सहयोग समाजलगायतका सङ्घसंस्थामा सक्रिय हुनुहुन्थ्यो । श्रीमतीसहित साउदीमा बस्दै आउनु भएका श्रेष्ठ बिदामा घर आएपछि श्रीमतीलाई काठमाण्डौ मै छोडेर साउदीतर्फ उड्नु भएको थियो ।

उनकाे निधन गत ११ गते अाइतबारका दिन निधन भएकाे साउदीबाट अाेम बहादुर कुमालले जानकारी दिनुभयाे ।

उहँाकाे मृत्युपश्चात गरिएकाे स्वाब परीक्षणकाे रिपाेर्ट नअाइसकेकाे र रिपाेर्ट नेगेटिभ अाएमा मृत शरीर नेपाल पठाउने जनाइएकाे छ ।

 

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.