नेपालमा कोरोना संक्रमितको संख्या घट्नुको खास कारण यस्तो, डा. सागरले खोले रहस्य

काठमाडौं । विश्वभर कोरोना संक्रमितको संख्या बढीरहेका बेला नेपालको तथ्यांकले भने नेपालमा संक्रमितको संख्या घटेको देखाएको छ । गतासाताबाट ओरालो लागेको संक्रमितको संख्या शनिबार ७० जनामा देखिँदा आइतबार भने ८२ जनामा संक्रमण पुष्टी भएको छ । आइतबार १४७ संक्रमण निको भएर डिस्चार्ज हुँदा डिस्चार्ज हुनेको कूल संख्या ८ हजार ५८९ रहेको छ ।

त्यस्तै सक्रिय संक्रमतिको संख्या ८ हजार १७४ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै काठमाडौँ उपत्यकामा पनि आइतबार संक्रमितको दर ह्वात्तै घटेको छ । शनिबार ५४ संक्रमित फेला परेकामा आइतबार काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा जम्मा ६ जना कोरोना संक्रमित थपिएका छन।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा काठमाडौंका ३ जना, त्रिवि शिक्षण अस्पतालको प्रयोगशाला काठमाडौंमा २ र ललितपुरमा १ जनामा कोरोना संक्रमण देखिएको हो ।

मन्त्रालयका अनुसार काठमाडौंमा कुल ५ जना र ललितपुरमा एक जनामा कोरोना देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

शुक्रराज ट्रपिकल सेन्टर तथा सरुवा रोग अस्पताल टेकुका निर्देशक डा. सागर राज भण्डारीले नेपालमा भारतबाट आउनेकोहरुको संख्या घट्दै जानु, क्वारेन्टिनमा मानिसहरु कम हुँदै जानु र समुदायमा परिक्षण निकै कम हुनु नै कोरोनाका बिरामीको पहिचान कम भएको बताए ।

उनले पछिल्लो समय प्रदेश नम्बर २ बाट धमाधम काठमाडौँ उपत्यकामा मानिसहरु भित्रिइरहँदा संक्रमणको खतरा भने नटरेको बताए ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.