पालुङ्टारको च्याङ्लीमा कन्ट्याक्ट ट्रेसिङ शुरु

गोरखा संसार
असार २२, गोरखा ।
पालुङ्टार नगरपालिका वडा नं. ७ को च्याङ्लीमा कोरानाका कारण एकको ज्यान गएपछि कन्ट्याक्ट ट्रेसिङ शुरु भएको छ ।
गत असार १७ गते कतारबाट काठमाण्डौ आई माइक्रो बस चढेर आँबु खैरेनी र त्यहाँबाट जीपको प्रयोग गरी जीवन ज्योति मा.वि. क्वारेन्टिनमा आई बसेका व्यक्तिमा कोरोना पोेजेटिभ देखिएपछि गोरखा अस्पताल पुगेका ४४ बर्षका पुरुषको ज्यान गएको थियो ।
कन्ट्याक्ट ट्रेसिङका क्रममा हिजो २१ गते नै ७ जना र अन्य ५ जना गरी १२ जनाको स्वाब संकलन गरी प्रयोगशाला पठाइएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कृष्ण अधिकारीले जानकारी दिनुभएको छ ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.