गोरखामा बिदेशबाट आउनेको संख्या १०९३

गोरखा संसार
असार १६, गोरखा ।
कोभिड १९ पछिको अवस्थामा हालसम्म गोरखा बिदेशबाट गोरखा फर्कनेको संख्या १०९३ पुगेको छ । कोभिड १९ का कारण बिदेशमा रहेका व्यक्तिहरु नेपाल आउन थालेसंगै गोरखा आउनेको संख्या १०९३ पुगेको जिल्ला प्रशासन कार्याल गोरखाका सूचना अधिकृत हर्क रोकाले जानकारी दिनुभयो ।
त्यस्तै गरी हालसम्म गोरखा जिल्लामा कूल १३०५जनामा पि.सि.आर.परीक्षण गरिएकोमा ८४ जनामा पोजेटिभ देखिएको छ भने ७७७ जनाको नतीजा नेगेटिभ आएको र ४४४ जनाको नतीजा आउन बाँकी रहेको छ । त्यस्तै अहिले सम्ममा कूल ३२९ जना क्वारेन्टिनमा र ६७ जना आइसोलेसनमा रहेका छन । त्यस्तै गरी हालसम्म १२७१ जनाको आर.डि.टी.परीक्षण गरिएकोमा ८ जनाको मात्र पोजेटिभ देखिएको छ ।

जिल्ला प्रशाशन कार्यालकाे बिबरण ः 

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.