पालुङ्टारका क्वारेन्टिनमा कोरोना पोजेटिभ देखिएकालाई गोरखा अस्पतालको आइसोलेसन लगिँदै

६ असार
गोरखा ।
गोरखाको पालुङ्टार नगरपालिका का बिभिन्न वडाहरुका क्वारेन्टिनमा रहेर कोरोना पोजेटिभ भएकाहरुलाई गोरखा अस्पतालको आइसोलेसनमा लैजाने प्रक्रिया शुरु भएको छ ।
नगरपालिकाको बिभिन्न २ वटा क्वारेन्टिनमा रहेका ७ जनामा कोरोना पोजेटिभ देखिएपछि उनीहरुलाई गोरखा अस्पतालमा रहेको आइसोलेसनमा लैजान थालिएको हो ।
उनीहरुको पि.सि.आर. पोजेटिभ देखिए लगत्तै सदरमुकाम लैजाने तयारी गरेको भएता पनि ठाउँअभावका कारण लैजान कठिनाइ भएकाले केही ढिला भएको स्वास्थ्य शाखाले जनाएको छ । संक्रमित ७ जनामध्ये एक क्वारेन्टिनका २ जनालाई गोरखा पुर्याइसकिएको छ भने अर्को क्वारेन्टिनका ५ जनालाई केही बेरमा लैजाने तयारी भइरहेको बताइएको छ ।

संक्रमित सबै जना भारतबाट अाएका हुन जसमा १ महिला रहेकी छन् ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.