जिल्ला प्रहरी कार्यालयमा रहेका पालुङ्टारका युवकको परिवारको स्वाब परिक्षण गरिँदै

गोरखा संसार
जेठ २५,गोरखा
गोरखाको पालुङ्टार नगरपालिका वडा नं. ७ घर भई हाल जिल्ला प्रहरी कार्यालय गोरखाको हिरासतमा रहेका एक युवकमा आज कोरोना पोजेटिभ देखिएपछि निजको घर परिवारको भोलि स्वाब परीक्षण गरिने भएको छ ।
युवकलाई जेठ १० गते आफूसँगै पढने एक छात्रामाथि बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरी जिल्लासदरमुकाम पठाइएको थियो ।

१७ बर्षीय युवालाई कोरोना कहाँबाट कसरी लाग्यो भन्ने बिषयमा अनुसन्धान गर्ने क्रममा निजको परिवारको परीक्षण गर्न लागिएको वडा नं. ७ का वडाध्यक्ष बसन्त कुमार श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार भोलि नै जीवन ज्योति मा.वि. क्वारेन्टिनमा बसेका हरुको पनि परिक्षण गरिनेछ ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.