डडेल्धुरा : सुदूरपश्चिममा अबका ५ दिनसम्म कोरोना परीक्षणका लागि स्वाब संकलन नहुने भएको छ। प्रदेशमा यसअघि संकलित नमूनाकै परीक्षण गर्न बाँकी रहेकाले ५ दिनका लागि थ्रोट स्वाबको नमूना संकलनको काम स्थगीग गरिएको स्वास्थ्य निर्देशनालयले जनाएको छ।
सुदूपश्चिम स्वास्थ्य निर्देशनालयले सम्पूर्ण निकायलाई परिपत्र गर्दै ५ दिनसम्मका लागि कोरोना परीक्षणका निम्ति नमुना संकलन नगर्न आग्रह गरेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार बिहिबारसम्म सुदूरपश्चिममा ५८ हजार १ सय ६१ जना क्वारेन्टाइनमा रहेका छन्। नेपालीहरु भारतबाट आउने क्रम अझै बढ्दो छ।
स्वाब धेरै दिनसम्म होल्ड गरेर राख्दा त्यसको नतिजा सही नआउन सक्ने सम्भावना बढी भएकाले स्वाव संकलन कार्य रोकेको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका निर्देशक डा गुणराज अवस्थीले जानकारी दिए।
सुदूरपश्चिममा स्वाव संकलनका लागि प्रयाप्त जनशक्ति र स्वाब स्टोर गर्ने उचित स्थान नै नभएकोले समस्या भएको निर्देशक अवस्थीले बताए। उनका अनुसार प्रदेशमा संकलीत १ हजार ८३ जनाको परीक्षण गर्न बाँकी रहेको बताए।