गाेरखा संसार
२४ जेठ, सुर्खेत ।
२० बर्षका पश्चिम सुर्खेतम एक युवाकाे ज्यान गएकाे छ ।
यही जेठ ७ गते भारतबाट आएका पञ्चपुरी नगरपालिका-१ हाँसेका २० वर्षीय युवक जनता मावि विद्यापुरको क्वारेन्टिनमा बसेका थिए । क्वारेन्टिनबाट अारडीटी जाँच गर्दा नेगेटिभ आएपछि २१ गते दिउँसो घर पठाइएका युवककाे सोही दिन राति २ बजे भएको थियो ।
मृत्युपछि पीसीआर जाँच गर्दा पोजेटिभ आएपछि कोरोनाले मृत्यु भएको पुष्टि भएको हो ।
मृत्यु भएपछि पीसीआर जाँचका लागि बिहीबार नै स्वाब संकलन गरी सदरमुका वीरेन्द्रनगर पठाइएकोमा राति नै रिपोर्ट पोजेटिभ आएको जानकारी आएको वडाध्यक्ष धनबहादुर थापाले बताए ।
मृतक युवकको शवलाई प्रहरीले सुरक्षा दिइरहेको र दाहसँस्कारका लागि वीरेन्द्रनगरबाट सेनाको टोली आउने तयारी गरेको उनले बताए ।
मृतक युवकसँगै जनता माविको क्वारेन्टाइनमा ५४ जना थिए । उनीहरुको कोरोना परीक्षण गर्दा तीन जनालाई पोजेटिभ देखियो । युवकसँग बसेका पाँच जनाको रिपोर्ट भने नेगेटिभ आएको थियो ।
योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ११ पुगेको छ भने कर्णालीमा मात्रै दुई पुगेको छ । यसअघि दैलेखमा क्वारेन्टाइनमै मृत्यु भएका युवकमा पनि कोरोना पुष्टि भएको थियो ।