गाेर्खा पालुङ्टारकाे एक परिवारका ५ जनाको स्वाब परीक्षण रिपाेर्ट नेगेटिभ

 रविन्द्र कंडेल
जेठ १८
गाेर्खा पालुङ्टारमा १ जनामा RDT रिपोर्ट पाेजेटिभ देखिएकाे छ । पालुङ्टार नपा वडा नं ७ कि ३३ वर्षकी महिलामा पाेजेटिभ देखिए पछि परिवारका अन्य ४ जनाको स्वाब सँकलन गरी परीक्षणका लागि पोखरास्थित प्रयोगशालामा पठाइएको विरुवाटार स्वास्थ्य चाैकीका प्रमुख भरतराज पाण्डेले जानकारी दिनुभयाे । परीक्षणकाे रिपोर्ट अाज अाईतबार साँझसम्म आउने प्रमुख पाण्डेले बताउनुभयाे ।
धेरै समय सम्म खाेकि लागिरहने समस्या भई एक क्लिनिकमा चेकजाँच गर्न जाँदा स्वस्थ्यकर्मीले काेराेना टेस्ट गर्न सुझाएका थिए । लगत्तै स्थानीय स्वास्थ्य संस्थामा RDT चेक गराउँदा पाेजेटिभ देखिएकाे थियाे ।
आर.डि.टी. पोजेटिभ आउँदैमा आत्तिनुपर्ने अवस्था नहुने स्वास्थ्यकर्मीहरुले बताएका छन् । तर यदि उक्त व्यक्तिमा पि.सि.आर. पोजेटिभ आयो भने नगरपालिकाभित्र पूरै परीक्षण गर्नुपर्ने अवस्था आउन सक्ने अनुमान गरिएको छ ।
हालसम्म नगरपालिका भित्र ६३ जनाकाे RDT र ३१ जनाकाे PCR परीक्षण गरिएकेा छ । तिमध्ये सबै काे PCR रिपाेर्ट नेगेटिभ अाएकाे छ भने ५ जनाकाे रिपाेर्ट अाउन बाँकी छ ।
Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.