बाँकेमा थप ६ जनामा कोरोना पुष्टि : संक्रमितको संख्या ७५ पुग्यो

गाेरखा संसार

बैशाख २१

काठमाडौं : नेपालमा आइतबार साँझ फेरि ६ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । बाँकेको नेपालगंजमा थप ६ जनामा कोरोना देखिएको स्वास्थ्य अधिकारीहरुले अनौपचाकि रुपमा जानकारी दिएका छन् ।

नेपालगंजमा आइतबार यसअघि ९ जनामा कोरोना देखिएको थियो । योसँगै नेपालगंज मात्रै कोरोना संक्रमितको संख्या १५ पुगेको छ । आइतबार देखिएको १५ जनासँगै मुलुकका कोरोना संक्रमितको संख्या ७५ पुगेको छ । त्यसमध्ये १६ जना पूर्ण रुपमा निको भएर घर फर्किसकेका छन् । बाँकी सबैको उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.