पालुङ्टारबाट पठाइएको २ जनाको स्वाब परीक्षणको रिपार्ट आज आयो …..

रविन्द्र कंडेल
गोरखा संसार
बैशाख ६, गोरखा

गोरखाको पालुङ्टार नगरपालिकाबाट स्वाब परीक्षणका लागि पठाइएको २ जनाको परीक्षणको रिपोर्ट आज मात्रै आएको छ । परीक्षणको रिपोर्ट अनुसार २ जनाकै रिपार्ट नेगेटिभ रहेका पाइएको छ ।
यस अघी गत चैत्र १ गतेदेखि विभिन्न मुलुकहरुबाट आएका ४० जना व्यक्तिहरुको च्म्त् द्धारा कोरोना परीक्षण गरिएको थियो । कोरोनाको त्रास बढिरहेको बखतमा यस नतीजासंगै पालुङ्टार सुरक्षित रहेको तर नेपाल मै रहेका एक ब्यक्तिबाट अर्को ब्यक्तिमा कोरोना सरि रहेको हुदा सबै सतर्क रहनुपर्ने नगर स्वास्थ्य कार्यालयका दिपेन्द्र गिरीले बताउनुभयो ।
गत बैशाख ४ गतेका दिन १० वटै वडालाई पाएक पर्ने गरि खत्रीटार शहरी स्वास्थ्य केन्द्र पा न पा ७ र ठाटिपोखरी बर्थिङ्ग सेन्टर मा कोरानाको RDT मार्फत परीक्षण गरिएको थियो ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.