बैशाख ६ काठमाडौँ ।
नेपालमा थप एक जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार थप एक जनामा संक्रमण पुष्टि भएको हो। योसँगै संक्रमितको संख्या ३१ पुगेको छ भने २ जना निकाे भएर घर फर्केका छन् ।
६५ वर्षीय पुरुषमा भाइरसको संक्रमण देखिएको हो। मन्त्रालयले अरु विवरण सार्वजनिक गरेको छैन।
संक्रमितमध्ये तीन जना उपचारपछि डिस्चार्ज भइसकेका छन्। शुक्रबार एकैदिन १४ जना संक्रमित फेला परेका थिए।