गोरखा संसार
चैत्र १७, गोरखा ।
विश्वमा आतंकको रुपमा फैलिरहेको कोरोनाको को संक्रमण नियन्त्रणको लागि सरकारले सम्पूर्ण जनताहरुलाई घरमा वसेर लक डाउनको आदेश पालना गर्न आग्रह गरिरहेको बेला पालुङ्टार नगरपालिका वडा नं. ७ को कार्यालयले समन्वय समिति गठन गरेको छ ।
वडा कार्यालयमा सोमबार बसेको बैठकले वडाध्यक्ष बसन्त कुमार श्रेष्ठको संयोजकत्वमा १३ सदस्यीय समन्वय समिति गठन गरेको छ । विश्वव्यापी रुपमा फैलिएको नोबेल कोरोना भाइरस को रोकथाम गर्ने उदेश्यका साथ समन्वय समिति गठन गरिएको वडाध्यक्ष श्रेष्ठले बताउनुभयो ।
समन्वय समितिका सदस्यहरुमा कार्यपालिका सदस्य सावित्रा वि.क, वडासदस्यहरु देवीलाल कुमाल, भगवती कुमाल, दिनेश खत्री, च्याङ्ली स्वास्थ्य चौकी प्रमुख भरतराज पाण्डे, जीवन ज्योति मा.वि. का प्रधानाध्यापक बद्री बहादुर पाण्डे, गोरखा संसार मिडिया प्रा.लि.का सञ्चालक रविन्द्र कंडेल, टोलविकास संस्थाका तर्फबाट जनक भट्ट, राजु कुमाल, जौमाया कुमाल, अर्जुन पाण्डे, रहेका छन भने वडा सचिव गणेश कठायत सदस्य सचिव रहेका छन् ।
त्यस्तै गरी बैठकले वडा भित्र विपन्न परिवारको लगत संकलन गरी राहत दिने, हेल्प डेस्क सञ्चालन गर्ने, वडाभित्र किटनाशक औषधी छर्ने,अस्थायी क्वारेन्टाइन निर्माण गर्ने, माइकिङ तथा प्रचार प्रसार गरी सचेतना गराउने, र विपत व्यवस्थापन कोषबाट आवश्यक खर्च गर्ने लगायतका निर्णयहरु गरेको छ ।
यस अवधीमा कोही कसैले भीडभाड गर्ने, जुुवातास खेल्ने, भोजभतेर गर्ने, मदिराजन्य पदार्थहरुको विक्री वितरण तथा प्रयोग गरेमा प्रशासनसंग सहकार्य गरी कानुन बमोजिम कारवाही गर्ने समेत वडा कार्यालयले जनाएको छ । कार्यालयले मंगलबार विहानदेखि माइकिङमार्फत सचेतना गराउने र लक डाउन सफल पार्न सहयोगको अपिल गर्ने बताइएको छ ।