Warning: Trying to access array offset on value of type bool in /home/u405528662/domains/gorkhasansar.com/public_html/wp-content/plugins/seo-by-rank-math/includes/modules/version-control/class-beta-optin.php on line 106

Warning: Trying to access array offset on value of type bool in /home/u405528662/domains/gorkhasansar.com/public_html/wp-content/plugins/seo-by-rank-math/includes/modules/version-control/class-beta-optin.php on line 145
गोरखा नगरपालिकामा पनि आइसोलेसन, सञ्चारमाध्यमको प्रयोगबाट सचेतना गराउँदै

गोरखा नगरपालिकामा पनि आइसोलेसन, सञ्चारमाध्यमको प्रयोगबाट सचेतना गराउँदै

गोरखा संसार
चैत्र १४, गोरखा ।
विश्वमा आतंकको रुपमा फैलिरहेको कोरोनाको नियन्त्रणका लागी सरकारले देशभर गरेको लक डाउनको अवस्थामा गोरखा नगरपालिकामा पनि थप आइसोलेशन वार्ड स्थापना गरी तयारी अवस्थामा राखेको छ भने जनतालाई सूसुचित गराउन सञ्चारमाध्यमको अधिक प्रयोग गरिएको छ ।
गोरखाको मुख्य प्रवेश नाका मझुवा देउरालीमा हेल्प डेस्क राखिएको र सचेतनाको लागि माइकिङ तथा सञ्चारमाध्यमबाट सूचना प्रवाह गरिएको गोरखा नगरपालिकाका नगरप्रमुख राजनराज पन्तले जानकारी दिनुभएको छ ।

अहिले २५ जनासम्म राख्न सक्ने आइसोलेसन वार्ड रहे पनि आवश्यक परेका बखत तत्काल अरु थप गर्न सक्ने गरी तयारी गरेको समेत नगर प्रमुख पन्तले बताउनुभएको छ । त्यस्तै गरी विदेशबाट आएकाहरुलाई घरमै सुरक्षित साथ बस्न सल्लाह दिइएको छ भने काम नगरी खान नपाउने बर्गहरुका लागि राहत वितरण गर्नको लागि तथ्याँक लिने काम पनि भइरहेको उहाँले जानकारी दिनुभएको छ ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.