गोरखा, ४ कात्तिक ।
नजिकिदै गरेको हिन्दुहरुको महान चाड तिहारमा राति ९ बजेपछि देउसी भैलो नखेल्न जिल्ला प्रशासन कार्यालय गोरखाले आग्रह गरेको छ ।
बिहिबार एक सूचना जारी गर्दै राती ९ बजेपछि देउसीभैलो खेल्न नपाइने गोरखा प्रशासनले निर्णय गरेको हो ।
तिहारलाई लक्षित गरेर गरिएका देउसी भैलो कार्यक्रम गर्दा पटका, आतसवाजी, झिरझिरे, भुइचम्पा जस्ता विस्फोटक पदार्थको प्रयोग गर्न नपाइने, जुवातास, कौडा खेल्न नपाइने प्रशासनले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।
प्रशासनले अखाध्य, रंग मिसाएको खाद्य पदार्थ उत्पादन र विक्री वितरण गर्न नपाइने, म्याद गुज्रिएका र कमसल खाद्य बस्तु विक्री वितरण नगर्न, तोकिय भन्दा बढि मुल्य नलिन पनि आग्रह गरेको छ । चाडपर्वमा नियमविपरीत काय गर्नेलाई कानुन अनुसार कारवाही गर्ने प्रशासनले जनाएको छ ।