दोस्रो आँबुखैरेनी रंगशाला कप–२०७९ सुरु, सनराईज, टि. जी. ओ. र चाम्बास क्लब बिजयी ।।

तनहुँको आँबुखैरनी गाउँपालिका–२, स्थित मार्किचोक युवा क्लबको आयोजनामा आजबाट दोस्रो आँबुखैरेनी रंगशाला कप–२०७९ सुरु भएको छ । दोस्रो आँबुखैरेनी रंगशाला कप–२०७९ सेभेन ए साईड नक आउट फुटबल प्रतियोगिताको एक कार्यक्रमकाबीच आँबुखैरेनी गाउँपालिका अध्यक्ष शुक्र चुमानले उद्घाटन गर्नुभएको छ । आयोजक मार्किचोक युवा क्लबका अध्यक्ष दिवश थापा मगरको सभापत्विमा सुरु भएको प्रतियोगितामा आँबुखैरेनी गाउँपालिका अध्यक्ष शुक्र चुमान, गाउँपालिका उपाध्यक्ष दुर्गा अर्याल, गाउँपालिका विकास बोर्ड अधिकृत किशोर सुवेदी, वडा नं. २ का वडाध्यक्ष आश बहादुर गुरुङ्ग, इलाका प्रहरी कार्यालय आँबुखैरेनीका हवल्दार लेख बहादुर थापा, आँबुखैरेनी गाउँपालिका कार्यपालिका सदस्य भुवन बि.क, आँबुखैरेनी रंगशाला निर्माण समितीका अध्यक्ष हिक्मत गुरुङ्ग, .मार्किचोक युवा क्लबका सदस्य तथा समाजसेवी सुजन गुरुङ्ग लगाएतको सहभागिता रहेको थियो । प्रतियोगिता अन्तर्गत उद्घाटनका दिन आज ३ खेल सम्पन्न भएका छन् । आजको पहिलो खेलमा सनराईज युथ क्लबले आयोजक मार्किचोक युवा क्लब बीलाई टाई ब्रेकरमा २–१ गोल अन्तरले हराएको छ । यस्तै, आजको दोस्रो खेलमा टि. जी. ओ. क्लबले न्यू स्टार क्लबलाई २–१ गोल अन्तरले पराजित गरेको छ । यसैगरी, आजको तेस्रो तथा अन्तिम खेलमा चाम्बास क्लबले छिर्कन क्लबलाई ३–० गोल अन्तरले पाखा लगाएको छ । प्रतियोगितामा प्रथम हुने टिमले नगद १ लाख १ सय रुपैंया र द्धितीय हुने टिमले नगद ५० हजार रुपैंया प्राप्त गर्ने छन् । आगामी असोज १५ गते सम्म चल्ने प्रतियोगितामा २५ टिमको सहभागिता रहेको छ ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.