बत्ती मुनिको अँध्यारोमा पालुङटार ३ बज्रेडाँडाका बासिन्दा

गोरखाको पालुङटार नगरपालिका वडा नँ ३ का बासिन्दा बत्ती मुनिको अँध्यारोमा जीवन बिताउन बाध्य छन् ।

बज्रेडाँडा हुँदै बिद्युतको हाइटेन्सन लाइन गएको छ । बज्रेडाँडा निवासी जय पराजुलीका अनुसार हाइटेन्सन लाइन बयापानी गा,इखुर, ठाँटीपोखरी, कदली, वयापानी हर्मी हुँदै गएको छ । यही बिचमा पर्ने बस्ती हो बज्रेडाँडा । यही स्थानमा आएको बिजुलीको लाइन निकै घुमेर आइपुगेका कारण यस एरियामा बिजुलीले राम्रो काम नगर्ने बताइएको छ। जसका कारण यस एरियामा टि.भी, फ्रिज, पंखा समेत राम्रोसँग नचल्ने बताइएको छ ।

यसमा सम्बन्धित निकायमा बारम्बार गुनासो गर्दासमेत खासै चासो नदेखाएको पनि स्थानीयले बताएका छन् ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.