महिला समूहका सचिवहरूका लागि ३ दिने तालिम सम्पन्न

असार २८ गते

गाेरखाकाे पालुङटार नगरपालिका वडा नं. ७ मा रहेकाे च्याङली सामुदायिक सिकाइ केन्द्रकाे अायाेजनामा महिला समूहका सचिवहरूका लागि ३ दिने तालिम सम्पन्न भएकाे छ ।

वडा नं. ७ मा रहेकाे सिकाइ केन्द्रकाे कार्यालय रहेकाे वडा कार्यालयकाे सभाहलमा साे तालिम सम्पन्न भएकाे थियाे । सिकाइ केन्द्रका अध्यक्ष रविन्द्र कंडेलकाेअध्यक्षतामा सम्पन्न साे तालिममा महिला समूहका सचिवहरूकाे भूमिका, माइन्युट लेख्ने तरीका, अाय व्यय राख्ने तरीका लगायतका बिषयमा सहजीकरण गरिएकाे थियाे । तालिम अवधीभरमा अध्यक्ष रबिन्द्र कंडेल, प्रशिक्षक ठाकुरजी तिवारी, सिकाइ केन्द्रका भरतराज पाण्डे, गणेशलाल श्रेष्ठ लगायतकाले सहजीकरण गरेका थिए ।

समापन समाराेहमा बाेल्दै वडा नं. ७ का वडा सदस्य प्रमिला थापाले सिकाइ केन्द्रकाे भूमिका महत्वपूर्ण रहेकाे महसूस भएकाे र अागामी दिनहरूमा सिकाइ केन्द्रकाे लागि अाफ्नाे तर्फबाट बजेट बिनियाेजन गर्ने प्रतिवद्दता समेत व्यक्त गर्नुभएकाे थियाे । त्यस्तै गरी सहभागीकाे तर्फबाट राधिका नराल, रिता थापा ले अाफ्नाे अनुभुति राख्दै तालिमबाट एकदमै अावश्यकीय कुराहरू सिक्ने अवसर मिलेकाे र अागामी दिनहरूमा समूहमा समेत सकारात्मक रूपमा परिवर्तन गर्न याेगदान पुग्ने बताएका थिए । तालिममा वडाभित्रका बिभिन्न समूहका ३५ जनाकाे सहभागिता रहेकाे थियाे ।

कार्यक्रम पालुङटार नगरपालिका शिक्षा शाखाकाे अार्थिक सहयाेगमा सञ्चालन गरिएकाे अध्यक्ष कंडेलले बताउनुभयाे ।

सिकाइ केन्द्रले बिगत लामाे समयदेखि समुदायकाे उन्नतीकाे लागि सिपमूलक तथा अायअार्जनमूलक क्षेत्रमा काम गर्दै अाइरहेकाे छ ।

 

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.