चैत १० , गाेरखा गाेरखाकाे पालुङटार नगरपालिका वडा नं ७ च्याङलीका युवाहरूले रू १ लाखकाे अकस्मिक बिपद काेष स्थापना गरेका छन । च्याङलीका १० जना जुझारू युवाहरूको समुहले अाजै एक निर्णय गरी काेषकाे शुरूवात गरिएकाे हाे । हरेक सदस्यले १० हजारका दरले रकम जम्मा गरी काेषकाे स्थापना गरिएको एकजना सदस्य एवं वडा नं ७ का वडाध्यक्ष बसन्त कुमार श्रेष्ठले बताउनुभयाे । स्थापना गरिएकाे साे काेषबाट अाकस्मिक रूपमा बिरामी पर्दा वा समस्यामा पर्दा तत्काल हुने रकम अभाव टार्न सकिने च्याङली स्वास्थ चाैकीका ईन्चार्ज भरतराज पाण्डेले बताउनुभयो । सबै सदस्यहरूबाट संकलित उक्त रकम बैंक खातामा जम्मा गर्ने र अाबश्यक परेका ब्यक्तिलाई सहजै प्रदान गरिने अर्का युवा गाेरखा संसार डट कमका सञ्चालक रबिन्द्र कंडेलले जानकारी दिनुभयाे । मानवीय संवेदना सबैमा हुनु जरूरी छ , अाबश्यकताअनुसार रकम बढाउन पनि सकिन्छ, अर्का युवा व्यवसायी मनाेज कुमार श्रेष्ठले बताउनुभयाे । साे समुहका अन्य सदस्यहरूमा मुक्ति ढकाल, महेन्द्र कुमार श्रेष्ठ, राजु अधिकारी रहेका छन । त्यस्तै च्याङली सामुदायिक सिकाई केन्द्रले पनि एक सदस्य बराबरकाे रकम राख्ने बताईएकाे छ ।
च्याङलीका युवाहरूद्वारा अाकस्मिक बिपद काेष गठन
Facebook Comments Box