पालुङटार ८ मा भएकाे ब्याडमिन्टन प्रतियाेगितामा तनहुँका मल्ल र थापाकाे जाेडी बिजयी

गाेरखा, फागुन २१
गाेरखाकाे पालुङटार नगरपालिका वडा नं. ८ धुवाँकाेटमा भएकाे ब्याडमिन्टन प्रतियाेगितामा तनहुँ स्थित अाँबु १ सत्रसयका ज्ञानिस बाबु मल्ल र श्रीमल थापाकाे जाेडी प्रथम भएकाे छ ।
वडा नं. ८ काे  कार्यालय धुवाँकाेटकाे अायाेजनामा अाज वडा कार्यालय परिसरमा भएकाे प्रतियाेगितामा मल्ल र थापाकाे जाेडीले मजुवा देउरालीका सिताराम भट्ट र बिनाेद कुर्मीकाे जाेडीलाइ हराउँदै प्रथम स्थान हासिल गरेकाे हाे । प्रथम हुनेलाइ नगद रू. ७०००, ट्रफी र प्रमाणपत्र प्रदान गरिएकाे थियाे । त्यस्तै गरी द्वितीय हुने लाइ नगद रू. ५०००, ट्रफी र प्रमाणपत्र प्रदान गरिएकाे थियाे । गाेरखा तथा तनहुँका बिभिन्न स्थानका २० टिमकाे सहभागिता भएकाे साे  प्रतियाेगितामा भानु तनहुँका कृष्ण गाहा र नारायण खतिवडाकाे जाेडीले तृतीय स्थान हासिल गरी नगद ३०००, ट्रफी र प्रमाणपत्र हात पारेका थिए ।
प्रतियाेगितामा उत्कृष्ट खेल प्रदर्शन गरेबापत मजुवा देउरालीका  बिनाेद कुर्मीकाे सर्वाेत्कृष्ट खेलाडी घाेषणा गरी ट्रफी प्रदान गरिएकाे थियाे ।
वडा नं. ८ का वडाध्यक्ष शंकरराज कंडेलकाे अध्यक्षतामा सम्पन्न प्रतियाेगितामा स्थानीय खेलप्रेमीहरूकाे उत्साहपूर्णा सहभागिता तथा सहयाेग रहेकाे खेल संयाेजक ध्रुव शर्मा ले जानकारी दिनुभयाे ।
Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.