गुरुजीहरुको राजनीति मोह!

सामुदायिक विद्यालयमा कार्यरत केहि शिक्षकहरु शिक्षा ऐन २०२८ को दफा १६ (ङ) ले तोकेको राजनितीक दलको स्थानीय ,प्रदेश वा संघीय प्रतिनिधि वा कार्यकारी पदमा रहन नपाउने र सो कार्य गरेमा शिक्षा नियमावली २०५९ को परिच्छेद २३ को नियम १३८ अनुसार कार्वाही हुने स्पष्ट कानुनी ब्यबस्था बिपरित विभिन्न राजनीतिक दलको अधिवेशनमा सक्रिय सहभागी भइ विभिन्न प्रतिनिधिमा छनोट भएका छन्।यो गैर राजनीतिक शिक्षकहरुका लागि लज्जाको बिषय हो र राजनीतिक सक्रिय शिक्षकहरुका लागि निर्लज्जता।शिक्षकले राजनीतिक आस्था राख्ने ,देशको संघ,प्रदेश वा स्थानीय तहको आवधिक निर्वाचनमा आफुले मन पराएको दल र सो दलका जनप्रतिनिधिहरुलाई मत दिएर आफ्नो आस्थाको प्रयोग गर्न सक्ने छन्।तर कुनै पनि दलको प्रतिनिधि बनेर सेवारत अवस्थामा राजनीतिमा सक्रिय सहभागी भइ वडा,स्थानीय तह,क्षेत्रीय,जिल्ला ,प्रदेश वा केन्द्रीय पदमा निर्वाचित वा मनोनीत हुनु कुनै हालतमा नैतिक कार्य होइन।राजनितीक मोह हो भने पेशाबाट अलग हुनु पर्छ।शिक्षकले आफ्ना पेशागत प्रतिनिधि संग,संगठन मार्फत आफ्नो आस्थालाई प्रस्तुत गर्ने गर्दछन्।लाखौं विद्यार्थीहरुको भविष्य निर्माता गुरुजीहरु यसरी खुलमखुल्ला दलीय राजनितीमा प्रतिनिधि बनेर फेसबुक तथा सामाजिक सञ्जालका भित्ता रंगाइ रहदा सरोकारवाला निकायहरुले एक दुइवटा चेतावनीका सुचना निकालेर आफ्नो दायित्व पूरा भएको ठानेका छन्।देशमा बहुदल तथा गणतन्त्र आए पश्चात दलीय कार्यकारी पदमा रहेकै आधारमा कानुनत: कुनै शिक्षकले जागीर गुमाउनु परेको छैन किन कि सबै दलका शुभेच्छुक संस्थाका नामबाट शिक्षकहरुले सक्रिय राजनिती गर्दै आएका छन् जुन दुर्भाग्यपुर्ण छ।राजनितीक सक्रियताले शिक्षकहरुले पूरा समय स्कुललाई नदिने मात्रै होइन,सामुदायिक स्कुललाई राजनितिको अखडा समेत बनाएका छन्।रास्ट्रीय सतर्कता केन्द्र,अख्तियार दुरुपयोग अनुसन्धान आयोग,गृहमन्त्रालय,रास्ट्रीय अनुसन्धान केन्द्र ,शिक्षा मन्त्रालय -बिभाग,जिल्ला प्रशासन कार्यालय,शिक्षा समन्वय इकाइ आदि सरोकारवाला निकायहरुले यसको अविलम्ब छानबिन गरि शिक्षकहरुलाई राजनितीक सक्रियताबाट अलग गराउनै पर्छ।सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा ह्रास आउनुको एउटा कारण शिक्षकहरु पठनपाठनमा कम समय र राजनितीमा बढी समय सहभागी हुनु पनि हो।गुरुजीहरुले आफ्नो पेशागत मर्यादालाई कायम राखी राजनितीक सक्रियता त्याग्नै पर्छ।अन्यथा कानूनी उपचारको सामना गर्नु पर्ने छ।
– कुसुम न्यौपाने
मध्यबिन्दु ११,अरुण३
नवलपरासी (पुर्व)

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.