व्यासनगरपालिकाद्वारा जिल्लाका ६७ जना पत्रकारको लागि रु.६ करोड तीन लाखको बीमा

भाद्र १६, २०७८ बुधबार
तनहुँको व्यासनगरपालिकाद्वारा जिल्लाका ६७ जना पत्रकारको लागि रु.६ करोड तीन लाखको बीमा
व्यासनगरपालिकाको आयोजना तथा नेपाल पत्रकार महासंघ जिल्ला शाखा तनहुँको समन्वयमा जिल्लाका सक्रिय पत्रकारहरुको आरोग्य बीमा गरिएको छ । जिल्लामा रहि सक्रिय रुपमा काम गर्दै आएका ६७ जना पत्रकारहरुको सगरमाथा इन्स्योरेन्स बीमा कम्पनी दमौलीबाट बीमा गरिएको हो । व्यासनगरपालिकाले एक जना पत्रकारलाई रु.एक हजार पाँच सय ५० का दरले रु.एक लाख तीन हजार ८५० प्रिमियम भुक्तानी गरिदिएको नेपाल पत्रकार महासंघ तनहुँ शाखाका अध्यक्ष उज्वल पौडेलले जानकारी दिनुभयो । बाँकी अपुग रकम करिब रु.तीन हजार दुई सय महासंघ तनहुँले व्यवस्थापन गरेको छ । उहाँका अनुसार कूल रु.६ करोड तीन लाख बराबरको बीमा गरिएको छ । एक जना पत्रकारको रु.नौ लाखको दरले बीमा गरिएको उहाँले जानकारी दिनुभयो ।

उहाँका अनुसार रु.सात लाख दुर्घटना बीमा र रु.दुई लाख स्वास्थ्य उपचार संम्बन्धी बीमा गरिएको छ ।
तनहुँले व्यासनगरपालिका संग समन्वय गरी बीमा गरेसंगै छिमेकी जिल्ला गोरखा र लमजुङका पत्रकारहरुले समेत सोही बीमा कम्पनीबाट पत्रकारहरुको बीमा गर्न थालेको अध्यक्ष पौडेलले जानकारी दिनुभयो । जिल्लाका पत्रकारको क्षमताबृद्धि,बीमा तथा लोककल्याणकारी बिज्ञापन लगायतका क्षेत्रमा व्यासनगरपालिकाले अतुलनीय योगदान गर्दै आएको नेपाल पत्रकार महासंघ केन्द्रिय सदस्य एवं जिल्लाका पूर्व अध्यक्ष प्रदिप काफ्लेले बताउनुभयो । रिर्पोटिङको सिलसिलामा पत्रकारहरु हिडि राख्नुपर्ने भएकोले जोखिम बहनको लागि नगरपालिकाले बीमामा सहयोग गरेको व्यासनगरपालिकाका नगरप्रमुख बैकुण्ठ न्यौपानेले बताउनुभयो । । नगरपालिकाले गतबर्ष रु.एक लाखको कोरोना बीमा समेत गरिदिएको थियो । उक्त बीमा पोलिसी मंगलबार नगरप्रमुख न्यौपानेले पत्रकारलाई प्रदान गर्नुभएको थियो ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.