गाेरखा नगरपालिकामा १५ शिक्षक र २५ विद्यार्थीलाइ प्राेत्साहन

गोरखा नगरपालिकामा लघु अनुसन्धान गर्ने शिक्षकहरुलाई प्रोत्साहन रकम प्रदान गरिएको छ । गोरखा नगरपालिकाका मेयर राजनराज पन्तले बुधबार १५ जना लघु अनुसन्धान गर्ने शिक्षकलाई प्रोत्साहन रकम वितरण गरेका हुन् ।

सो अवसरमा उनले २५ जना विद्यार्थीलाई छात्रवृत्ति पनि वितरण गरेका थिए ।

नगरप्रमुख छात्रवृत्ति वितरण एवं लघुअनुसन्धान गर्ने शिक्षकलाई प्रोत्साहन रकम वितरण कार्यक्रम अन्तर्गत सो कार्यक्रम गरिएको शिक्षा, युवा तथा खेलकुद शाखा गोरखा नगरपालिकाका विश्वनाथ वाग्लेले जानकारी दिए ।

कार्यक्रमअन्तर्गत आधारभूत तह कक्षा सञ्चालन भएका सामुदायिक विद्यालयहरुका एक-एक जना गरी २१ जना विद्यार्थीहरुले छात्रवृत्ति पाएका छन् । त्यस्तै मानवसेवा आश्रममा बसी पठनपाठन गर्ने एकजना, अल्पसंख्यक मुस्लिम समुदायबाट एकजना, गोरक्ष वैदिक गुरुकुलबाट एकजना र बालमन्दिर अनाथलयमा बस्ने मध्ये एकजना गरी जम्मा २५ जना विद्यार्थीहरुलाई नगरप्रमुख छात्रवृत्ति वितरण गरिएको वाग्लेले जानकारी दिए । प्रतिविद्यार्थी रु दश हजार रुपैयाँका दरले दुईलाख पचास हजार रुपैयाा प्रदान गरेको उनले बताए ।

सामुदायिक विद्यालयमा अध्यापन गर्ने शिक्षकहरुका लागि लघु अनुसन्धान गरेबापत प्रोत्साहन रकम १५ जना मावि, निमावि र प्रावि तहका शिक्षकहरुलाई प्रदान गरेको छ । प्रति कोटा रु. १० हजार गरी जम्मा एक लाख ५० हजार प्रदान गरेको छ ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.