दमौली:
व्यास १ कि एक महिलाको कोरोना संक्रमणका कारण ज्यान गएको छ । ६० वर्षीया ती महिला ज्वरो देखिए पछि उपचारका लागि पोखराको मणिपाल शिक्षण अस्पताल पुगेकी थिइन् ।
अस्पतालमा गरिएको परीक्षणमा कोरोना संक्रमण देखिएकी महिलाको बिहीबार साँझ करिब ७ बजे अस्पतालमा ज्यान गएको निर्देशनालयले जनाएको छ ।
गत बैशाख १८ गतेका दिन बिहे भाेज खाएर फर्किएपछि उनीसहित गाउँका धेरै जना बिरामी परेका थिए । बिरामी परेकाहरूमध्ये अधिकाँशलाइ ज्वराे अाउनुका साथै पखाला लाग्ने, बान्ता हुने लगायतका समस्या देखिएकाे थियाे । बिरामी परेकामध्ये धेरैजसाे ठीक भइसकेकाे एक स्थानीयले बताए ।
बिहे भाेजपछि बिरामी परेकी एक महिलाकाे काेराेनाबाट मृत्यु
Facebook Comments Box