तपाईंको माक्स खै ? अभियान शुरु

तनहुँमा तपाईंको माक्स खै ? अभियान शुरु, माक्स नलगाए कारबाही हुने, अभियानमा जनप्रतिनिधिकाे उपस्थिति रहेन
तनहुँमा तपाईंको माक्स खै ? अभियान शुरु भएकाे छ । साेमबार डुम्रे बजारमा शसस्त्र प्रहरी बल मनकामना गणका गणपति संजय भट्टराईकाे नेतृत्वमा अभियान संचालन गरिएकाे हाे । साे अभियानमा तनहुँ उद्योग बाणिज्य संघका ईकाई सभापति राजेश श्रेष्ठ लगाएत पदाधिकारी , बन्दिपुर गापा स्वास्थ शाखा प्रमुख अंजिर भट्टराई , नेपाल प्रहरी लगाएतले माक्स नलगाई हिँड्ने पैदलयात्री र सवारी साधनमा हिंडनेलाई माक्स लगाउन संदेश दिंदै निशुल्क रुपमा माक्स वितरण गरिएकाे थियाे । अभियान अन्तरगत करिब ५ सय वटा माक्स वितरण गरिएकाे थियाे । यसैबीच माक्स नलगाए अब कारबाही हुने भएकाे छ । सार्वजनिक स्थानमा हिंडडुल गर्दा माक्स अनिवार्य प्रयाेग गर्न, सेनिटाईजरकाे प्रयाेग गर्न, साबुन पानीले राम्रोसँग हात धुन र अति आबश्यक नपरि घर बाहिर ननिस्कन अनुराेध गरिएकाे प्रहरी उपरीक्षक भट्टराईले जानकारी दिनुभयाे ।
काेराेना राेकथामकाे महत्त्वपूर्ण अभियानमा जनप्रतिनिधिको भने उपस्थिति नरहेकाले खल्लाे लागेकाे स्थानीय बजारबासीले गुनासाे गरेका छन् ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.