घर जलेर टहरोमा बस्दै आएका भुजेलको परिवारलाई आँबुखैरेनी गाउँपालिकाकाे राहत

आँबुखैरेनी, ८ बैशाख ।

घर जलेर टहरोमा बस्दै आएका तनहुँको आँबुखैरेनी गाउँपालिका ६ का सन्तबहादुर भुजेलको परिवारलाई आँबुखैरेनी गाउँपालिकाले राहत प्रदान गरेको छ । गाउँपालिकाले भुजेल परिवारलाई बुधबार खाद्यान्न तथा नगद प्रदान गरेको हो ।

गत चैत ३१ गते घर जलेपछि भुजेल परिवार टहरोमा बस्दै आएको छ । हावाहुरी र पानी आउँदा भुजेल परिवारलाई समस्या पर्दै आएको छ ।

गाउँपालिकाले पीडित परिवारलाई दुई बोरा चामल, एउटा त्रिपाल, पाच केजी दाल, दुई पोका नून, दुई लिटर तेल र रु २५ हजार नगद प्रदान गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोख्नेलले जानकारी दिनुभयो ।

त्यस्तै पीडित परिवारलाई जिल्ला प्रशासन कार्यालयले रु २० हजार प्रदान गरेको छ । जलेकै घर छेउ रहेको बारीमा टहरो बनाएर भुजेल परिवार यतिबेला दैनिकी गुजारिरहेको छ । संयुक्त यस परिवारमा सात जना सदस्य छन् ।

भुजेल परिवारको दयनीय अवस्थाका बारेमा जानकारी पाएपछि जनसांस्कृतिक महासङ्घका केन्द्रीय सदस्य एवं भुजेल समाज तनहुँका सचिव पृथ्वी भुजेलको पहलमा सोमबार खाद्यान्न तथा लत्ताकपडा वितरण गरिएको थियो । पीडितको घर निर्माणका लागि जस्तापाता जुटाउने अभियान पनि शुरु भएको भुजेलले जानकारी दिनुभयो ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.