राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न ।

भानु नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आज मिति २०७७ चैत्र ६ गते सम्पन्न भएको छ । नगर भित्रका कुल २६ वटा विद्यालयहरू सहभागी यस प्रतियोगितामा कुल २८ वटा खेल (इभेन्ट) हरू समावेश गरिएको थियो । सहभागी विद्यालय मध्ये १६ वटा विद्यालयहरूले विभिन्न विधामा पदक तथा प्रमाणपत्र प्राप्त गरेका छन् । खेलकुदको माध्यमबाट बालबालिकाहरूको शारीरिक तन्दुरुस्ती तथा मानसिक स्फुर्तिको विकास गरी एक अनुशासित, क्षमतावान र कर्मठ नागरिक तयार गर्ने र खेलकै माध्यमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा देशको नाम उच्च बनाउने उद्देश्यका साथ यो कार्यक्रमको आयोजना गरिएको हो । प्रतियोगितामा हार जीत सामान्य र स्वाभाविक कुरा हो । ठूलो कुरा बालबालिकाको सहभागिता र सिकाइ हो । सहभागी भएपछि कि जितिन्छ, कि सिकिन्छ भन्ने लक्ष्यका साथ बालबालिकाहरू सहभागी भएका हुन्छन् । अत: प्रतियोगितामा सहभागिता जनाई विजयी हुने, सिक्ने तथा अभ्यासबाट थप अनुभव बटुल्ने सबै खेलाडी भाइबहिनीहरूलाई आयोजकको तर्फबाट हार्दिक बधाई, धन्यवाद तथा शुभकामना व्यक्त गर्दछौं । प्रतियोगितामा विभिन्न खेल विधामा भाइबहिनीहरूले अत्यन्त राम्रो प्रतिभा प्रस्फुटन गर्नुभएको छ । आगामी दिनमा यो कला र क्षमता अझ बढी परिष्कृत र उत्कृष्ट हुँदै जाओस् हामी हार्दिक शुभेच्छा प्रकट गर्दछौं ।
यस प्रतियोगितामा होरालो शा शि स मावि ८ स्वर्ण सहित प्रथम, मनोहर मावि ७ स्वर्ण सहित द्वितीय र त्रिभुवन मावि ३ स्वर्ण सहित तृतीय भएका छन् । यो प्रतियोगिता सम्पन्न गर्न प्रत्यक्ष र परोक्ष रूपमा सहयोग पुर्याउनु हुने खेल प्रशिक्षकहरू, सहभागी विद्यालयका प्रधानाध्यापक, शिक्षक तथा विद्यार्थी भाइबहिनीहरू, अभिभावकहरू, स्थानीय युवाक्लब, नेपाली सेना, नेपाल प्रहरी तथा कार्यक्रम व्यवस्थापनको जिम्मा लिएको श्री हो रा लो शा शि स मावि भानु २ परिवारलाई हार्दिक धन्यवादका साथ आभार व्यक्त गर्दछौं ।
यस प्रतियोगितामा हरेक इभेन्टमा प्रथम र द्वितीय स्थान प्राप्त गर्ने खेलाडी विद्यार्थीहरू यहि २०७७ चैत्र २७ र २८ गते जिल्ला सदरमुकाम दमौलीमा सञ्चालन हुने जिल्लास्तरीय प्रतियोगितामा सहभागी हुन जानेछन् ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.