चैत्र ६/ तनहुं
तनहुँकाे बन्दिपुर घर भई विभिन्न सिलसिलामा काठमाडौमा रहनेहरुकाे संस्था बन्दिपुर सहयाेगी हातहरुद्वारा विद्यार्थीका लागि झाेला र शैक्षिक सामग्री वितरण गरिएकाे छ ।
संस्थाका सह-सचिव बिमल भट्टराईकाे विशेष पहलमा बन्दिपुर ५ कल्चाेकमा रहेकाे जलदेवी प्राविमा अध्ययनरत ५० जना विद्यार्थीलाई झाेला र शैक्षिक सामग्री वितरण गरिएकाे हाे । कार्यक्रममा बन्दिपुर सहयाेगी हातहरुका अध्यक्ष मथुरा पियाले आर्थिक रुपमा कमजाेर अभिभावकका बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्ने उदेश्यले करिब ३० हजार बराबरकाे सामग्री वितरण गरिएकाे जानकारी दिनुभयाे । संस्थाकि सचिव मनलता अधिकारीले विशेष गरी आर्थिक रुपमा कमजाेर भएका काठमाडौमा उपचारका लागि पुगेकालाई सहयाेग गर्ने गरिएकाे जानकारी दिनुभयाे । सह- सचिव बिमल प्रसाद भट्टराईले आफ्नाे गाउँ ठाउँकाे विद्यालयका बालबालिकालाई सामग्री वितरण गर्न पाउँदा अत्यन्तै खुशी लागेकाे बताउनु भयाे ।
विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष ठाकुरसिं थापाकाे अध्यक्षतामा भएकाे कार्यक्रममा विद्यालयका प्रधानाध्यापक रामजी बहादुर खत्रीले स्वागत मन्तब्य राख्नु भएकाे थियाे । कार्यक्रममा बन्दिपुर सहयाेगी हातहरुका सल्लाहकार माधव भट्टराई, सदस्यहरु गंगा लामिछाने, रेनुका लामिछाने , रजिना पिया,स्थानीय समाजसेवी ठाकुर प्रसाद रेग्मी , विद्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष डिल बहादुर राना, सदस्य सीता थापा लगाएतकाे समेत उपस्थिति रहेकाे विद्यालयले जनाएकाे छ । कार्यक्रमकाे सहजीकरण विद्यालयका शिक्षक टंकप्रसाद पाेख्रेलले गर्नु भएकाे थियाे ।
ट्राफिक प्रहरी कार्यालय गोर्खाले उठायो ८५ लाख ७१ हजार जरिवाना
गोरखा जिल्ला ट्राफिक प्रहरी कार्यालयले आर्थिक वर्ष २०८०८१ मा जरिवानाबाट मात्रै ८५ लाख ७१ हजार उठाएको छ। प्रहरी कार्यालय गोर्खाले गरेको पत्रकार सम्मेलनमा सो कुराको